मानव सरोवरका तीर्थयात्रीलाई स्वादिष्ट भोजनको व्यवस्था



काठमाण्डौ । मधुवन फुडले भारत, चीन र नेपाल बीचको सहकार्यमा कैलास यात्रामा जाने यात्रुलाई ‘सात्वीक’ भोजन उपलब्ध गराउने भएको छ ।

कम्पनीका एसोसियसन अफ कैलास टुर अप्रेटर (एक्टोन)का प्रेसिडेन्ट प्रालिका प्रकाश श्रेष्ठ र मधुवन फुडका प्रबन्ध निर्देशक सुमितप्रताप गुप्ताले सहकार्य मार्फत भोजन उपलब्ध गराउने भएका हुन् । विगत लामो समयदेखि कैलाश मानसरोवर यात्राले नेपाल इकोनमीलाई सहयोग गर्दै आएकोे छ । श्रेष्ठ र गुप्ताले खाना, वासस्थान तथा यात्रुको सहजीकरणका लागि विभिन्न योगदान गर्दै आएका छन् ।

चाइना इन्डिया तीर्थ यात्रा सेवा केन्द्र (सिआईपीएसई) का प्रमुख कार्यकारी अधिकृत वान क्युन लिनले सहकार्यको मुख्य उद्देश्य तिर्थयात्रीलाई राम्रो सेवा, प्राकृतिक र स्वस्थ्य खानेकुरा प्रदान गरेको बताएका छन् । वानले भने ‘तिर्थयात्रुलाई चीनले निकै उत्कृष्ट सडक, होटल र अन्य सेवा सुविधा दिएको छ ।
यो चीन, नेपाल र भारत बीचको सहकार्यले यो यात्रालाई अर्को तहमा पुर्याएको छ । विगतमा समयमा तिर्थयात्री स्वयम्ले खाने, बस्ने व्यवस्था मिलाउनु पर्ने बाध्यता थियो र अब निकै सजिलो भएको छ ।

गतवर्ष, करिब २० हजार तीर्थयात्रुले मानसरोबरको यात्रा गरेका थिए । यो वर्ष बिगत १० हप्तादेखि निरन्तर चलिरहेको यात्रामा मधुवनले ६७ सय यात्रुलाई खानाको व्यवस्था गरिएको छ ।


क्लिकमान्डु