विश्व हिन्दू महासंघका अध्यक्ष सिंहको निधन



काठमाडौँ । विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष भरतकेशर सिंहको उपचारका क्रममा ८२ वर्षका उमेरमा आज बिहान स्थानीय बयोधा अस्पतालमा निधन भएको छ ।

सिंह दोस्रो कार्यकालका लागि महासंघको अध्यक्ष थिए । नेपाली सेनाका पूर्वउपरथी सिंहले शाही पाश्र्ववर्तीका रुपमा समेत काम गरेका थिए । पिसाबसम्बन्धी रोगका कारण अस्पताल भर्ना गरिएकामा उनलाई निमोनिया रोग पनि देखिएको थियो । उनको निधन भने हृदयाघातका कारण भएको महासंघका महासचिव अस्मिता भण्डारीले राससलाई जानकारी दिइन् ।

सिंहको शव अन्तिम श्रद्धाञ्जलिका लागि अहिले पशुपति वनकालीस्थित हंसमण्डपमा राखिएको छ । उनका तीन छोरा छन् । स्व सिंहको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने महासंघले जनाएको छ । रासस


क्लिकमान्डु