सेयर खरिद गर्न चेक र नगद चाहिदैन, मोबाइलबाटै गर्नुहोस् भुक्तानी



काठमाडौं । सेयर कारोबारका लागि मोबाइल वालेट प्रयोग गर्न सकिने भएको छ ।

राष्ट्र बैंकले सेयर खरिदका लागि विद्युतिय भुक्तानीबाट पैसा तिर्दा त्यसमा सिमा तोकेको छैन । राष्ट्र बैंकको जारी गरेको निर्देशिकामा सेयर खरिदका लागि विद्युतिय भुक्तानी प्रणाली प्रयोग गर्न सकिने उल्लेख छ ।

राष्ट्र बैंकले निर्देशिका जारी गर्दै विद्युतिय भुक्तानीका लागि विभिन्न सिमा तोकेको छ ।
राष्ट्र बैंकले क्रेडिट कार्डबाट तोकिएको रकमको २५ प्रतिशत मात्र नगद निकाल्न पाउने सुविधा दिएको छ ।

यस्तै डेबिट कार्डबाट भने एक पटकमा २५ हजार र दैनिक १ लाखभन्दा बढी नगद निकाल्न पाउने छैन ।

मोबाइल बैकिङबाट भुक्तानी गर्दा एक पटकमा ५ हजार र प्रत्येक दिन १५ हजारभन्दा बढी भुक्तानी गर्न पाइने छैन । मासिक रुपमा यस्तो सिमा ५० हजार छ । इन्टरनेट मार्फत १ लाख दैनिक र मासिक सिमा ५ लाख तोकिएको छ ।

सरकारी राजस्व तिर्दा,हस्पिटलको बिल तिर्ता बीमाको शुल्क तिर्दा,विद्यालयको पैसा खानेपानी लगायतका अनिवार्य तिनुपर्ने शुल्कमा भने सिमा तोकिएको छैन ।


क्लिकमान्डु