कामना सेवा विकास बैंकको अध्यक्षमा सुदिप आचार्य, १२ प्रतिशत लाभांश पारित



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको एघारौं वार्षिक साधारणसभा आज काठमाडौं १०, नयां बानेश्वर स्थित इन्द्रेणी फुड ल्यान्डमा सम्पन्न भएको छ ।

साधारणसभाले आर्थिक वर्ष २०७३।७४ को नाफाबाट शेयरधनीहरुलाई १२ प्रतिसत लाभाशं दिने संचालक समितिको प्रस्ताव स्वीकृत गरेको छ । उक्त प्रस्तावको स्वीकृतीसंगै बैंकको चुक्तापूंजी रु २ अर्व ५० करोड २६ लाख ५५ हजार ५ सय १९ पुगेको छ ।

सो साधारणसभाले ६ जना संचालकहरुको निर्विरोध निर्वाचित गरेको छ । जसमा सुदिप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी, देवकृष्ण काफ्ले, बलराम बराल र विश्वेश्वर सुवेदी रहेका छन् ।  साधारणसभा पश्चात बसेको संचालक समितिको बैठकले सुदिप आचार्यलाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ ।

बैंकका संचालक समिति अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा भएको सभाको संचालन बैंकका कम्पनी सचिव खिमलाल भुषालले गरेका थिए । बैंकको लाभाशंदर बृद्घी हुनुपर्ने, कारोबार विस्तार गर्दै काठमाडौं उपत्यका भित्र शाखा संजाल बृद्घी गर्नुपर्ने, खराब कर्जा कम गर्दै शेयरधनीहरुलाई उचित मुनाफा वितरण गर्नुपर्ने धारणा शेयरधनीहरुको रहेको थियो ।


क्लिकमान्डु