एनएमबी बैंकको एफपीओः भर्नेजति सबैले पाए




काठमाडौं । एनएमबी बैंकले निष्कासन गरेको एफपीओ आवेदन दिने सबैले पाएका छन् । गत जेठ ३० गतेदेखि आबेदन शुल्ला भएको एफपीओ सबै विक्री भएको छ भने आवेदन दिने सबैले सेयर पनि पाएका छन् ।

बैंकको १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गरेको भएको थियो । आवेदन शुल्ला गरिएको एफपीओमा १००.५५ प्रतिशत आवेदन परेको विक्री प्रबन्धक नागरिक लगानी कोषले जानकारी दिएको छ ।

एफपीओ माग गर्दै ६९ हजार ६४६ आवेदन परेको थियो भने १ करोड १४ लाख ८३ हजार २४० कित्ता सेयर माग भएको थियो । यसमध्ये ४ हजार ३३० कित्ता दोहोरो आवेदन परेको थियो । योग्य आवेदकको संख्या ६९ हजार ६२६ थियो थियो भने योग्य आवेदन कित्ता संख्या १ करोड १४ लाख ७८ हजार ९१० कित्ता थियो ।


क्लिकमान्डु