ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई एक्विजेशन गर्ने



काठमाडौं । ज्योति विकास बैंक र हाम्रो विकास बैंकबिच प्राप्ति एक्विजिसन सम्बन्धी सम्झौता भएको छ ।

ज्योति विकासले एक्विसिजन सम्झौता गरेको हाम्रो विकास नुवाकोट जिल्लामा अवस्थित छ । सो सम्झौता ज्योति विकासको केन्द्रीय कार्यालय कमलादीमा बैैंकका संचालक समितिका अध्यक्ष हरि चन्द्र खडकाले गरेका हुन् । हाम्रो विकासबाट भने संचालक हरि प्रसादले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सेयर स्वाप स्वाप हाम्रो विकासको डिडिए पछि आउँने मूल्यलाई आधार मानिने पाइएको छ ।

ज्योति विकास बैंकको चुक्ता पूँजी २ अर्बं ५९ करोड ३६ लाख रहेको छ भने हाम्रो विकास बैंकको ४९ करोड २२ लाख रहेको छ । हाम्रो विकासको प्राप्ती पछि ज्योति विकास बैंकाको कुल निक्षेप रकम रु २०.५० अर्ब , कर्जा रकम रु १७.५० अर्ब नाग्ने छ ।

यसरी नै शाखा संजाल ६७ पुग्ने छ । यस अघि ज्योति विकास बैंकले झिम्रुक विकास बैंकसंग मर्जर र राप्ति भेरी विकास बैंकसंग प्रप्ति प्रकृया सम्पन्न गरेको बैंकका कार्यकारी अधिकृत मनोज ज्ञवालीले जानकारी दिए ।


क्लिकमान्डु