नेप्से सिइओ साउदलाई नहटाउन सर्बोच्चको अन्तरिम आदेश



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृत( सिइओ)बाट सरकारले हटाएका चन्द्रसिंह साउदलाई नहटाउन सर्बोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

सरकारले पूर्ववर्ती सरकारले भदौदेखि फागुनसम्म गरेको नियुक्ती एकमुस्ट खारेज गर्ने निर्णय गरेको थियो ।

जसअनुसार नेप्सेका सिइओ सावतको समेत पद गएको थियो ।

सरकारको निर्णयलाई चुनौती दिदै सावतले सर्बोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
सर्बोच्च अदालतका न्यायधीश डम्बरबहादुर शाहीको एकल इजलाशले तत्काल नहटाउनको लागि अन्तरिम आदेश दिएको हो ।

देउवा सरकारको पालामा नियुक्त भएका र ओलीले सरकारले खारेज गरेका अन्यलाई पनि अदालतले काममा फर्कन अन्तरिम आदेश दिएको छ ।

अर्थमन्त्रालयले साउदको ठाउँमा अर्को व्यवस्था नभएसम्म उपसचिव रमेश अर्याललाई पठाउने निर्णय गरेको छ ।


क्लिकमान्डु