पुँजी बजारका लगानीकर्तालाई गभर्नरले दिए यस्तो राहत



काठमाडौं । पुँजी बजारमैत्री भनेर चिनिएका राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले लगानीकर्ताहरुलाई ठूलो राहत मिल्ने नीति ल्याएका छन् ।

बुधबार आर्थिक वर्ष २०७५÷०७६ को मौद्रिक नीति सार्वजानिक गर्दै गभर्नर डा. नेपालले पुँजी बजारका लगानीकर्तालाई राहत दिएका हुन् ।

अर्थमन्त्रीले पुँजी बजारका लगानीकर्तालाई निरन्तर पेलिरहेका बेला गभर्नरले भने राहतको अनुभूति गराएका छन् ।

मौद्रिक नीतिले ऋण लिएर सेयरमा लगानी गर्ने लगानीकर्तालाई मार्जिन कलको समस्या समाधान गर्ने नीति लिएका छन् ।

नेप्से सूचक घटेसँगै सेयरको मूल्य घटेको र बैंकहरुले धितो खाम्नेगरी सेयर थप्न नभए नगद थप्न ऋणीलाई लगातार फोन गर्दै आएका थिए । गभर्नरको नीतिले अब तत्काल सेयर लगानीकर्तालाई यस्तो फोन नआउने भएको छ ।

गभर्नर डा. नेपालले सेयरको मूल्यमा २० प्रतिशत गिरावट आए पनि मार्जिन कल नगर्ने ब्यवस्था मिलाएको घोषणा गरेका छन् । यसअघि किनेको मूल्यमा १० प्रतिशत गिरावट आउने वित्तिकै बैंकबाट मार्जिन कल आउँथ्यो ।

अर्थमन्त्री डा.युवराज खतिवडाले बजेटमार्फत पुँजीगत लाभकरमा कडाइ गरेर पेलेकका कारण त्यसयता लगातार घटेको सयर बजारलाई गभर्नरले भने अर्थमन्त्रीको तीब्र दबाब रहँदा रहँदै पनि सेयर लगानीकर्तालाई राहत हुने नीति ल्याएका हुन् ।

त्यसैगरी, गभर्नरले ब्याजदर घटाउने नीति सार्वजानिक गरेका छन् । यो नीतिले पनि पुँजी बजारका लगानीकर्तालाई ठूलो राहत मिल्छ ।


पुष्प दुलाल