उद्योग संगठन मोरङको अध्यक्षमा घिमिरे



विराटनगर । उद्योग संगठन मोरङको ४६औँ वार्षिक साधारणसभाले भीम घिमिरेको अध्यक्षतामा १३ सदस्यीय कार्यकारिणी समिति निर्विरोध निर्वाचित गरेको छ ।

संगठनको वरिष्ठ उपाध्यक्षमा सुयष प्याकुरेल, उपाध्यक्ष कोषतर्फमा प्रदीप मुरारका, उपाध्यक्ष कृषि, जलस्रोत र ऊर्जामा राजकुमार गोल्छा र उपाध्यक्ष रोजगारदातामा राकेश सुराना निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी कार्यकारिणी समिति सदस्यहरुमा सञ्जयकुमार अग्रवाल, सुबोध कोइराला, भोलेश्वर दुलाल, तारानाथ निरौला, सुनिलकुमार धनावत, नारायणप्रसाद मुन्दडा, विपिन कावरा र विनोद पौडेल रहेका छन् ।

नवनिर्वाचित पदाधिकारीले ‘औद्योगिक विकासको मूल आधार सहअस्तित्व, उद्योग र व्यापार’ मूल नारालाई मूर्त रुप दिन संकल्प लिएका छन् ।

नयाँ कार्यसमितिले औद्योगिक प्रदर्शनी स्थल, औद्योगिक प्रवेशद्वार, श्रमिक अस्पताल, श्रमिक सुरक्षा आवासगृह निर्माण, औद्योगिक क्षेत्र तथा सेजसमेतको स्थापनामा समन्वय गर्ने, जग्गा वर्गीकरणमा सहजीकरण गर्ने, विराटनगर महानगरपालिकालाई वातावरणमैत्री शहर बनाउन सहकार्य गर्ने, प्रविधि अध्ययन अनुसन्धानमा जोड दिने, विप्रेषण प्रवद्र्धक उद्योगको पहिचानमा सहजीकरण गर्ने, जोगवनी–किमाथान्का जोड्ने सडक निर्माणमा जोड दिने तथा औद्योगिक सङ्ग्रहालय निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्ने संकल्प लिएको छ । रासस

अध्यक्ष घिमिरेले पूर्वाञ्चलको उद्योग र व्यापार अन्तर्राष्ट्रियस्तरमा पु¥याउन तथा उद्योग र व्यापारको विकास एवं विस्तार गर्न विराटनगरमा अन्तर्राष्ट्रियस्तरको हवाईमैदान बन्नुपर्ने र भारतको जोगवनी सिमानादेखि किमाथान्का हुँदै चीन जोड्ने सडक छिटोभन्दा छिटो निर्माण गर्न सरकारसँग माग गर्नुभएको छ ।

यसअघि उद्योगी महेन्द्र गोल्छा, किशोर प्रधान, शिवशंकर अग्रवाल, दिनेश गोल्छा, अशोक मुरारका लगायतले संगठनको नेतृत्व गरिसकेका छन् ।


क्लिकमान्डु