मुस्ताङ र मनाङमा प्रभु बैंकको शाखा सञ्चालन



काठमाण्डौ । प्रभु बैंकले मुस्ताङ जिल्ला, थासाङ गाउँपालिका, वडा नं. २ कोबाङमा थासाङ शाखा कार्यालय र मनाङ जिल्ला, नाशोङ गाउँपालिका, वडा नं. ३ धारापानीमा नाशोङ शाखा, शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

मुस्ताङको थासाङ शाखा कार्यालय थासाङ गाउँपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचनबाट र मनाङको नाशोङ शाखा, कार्यालय नाशोङ गाउँपालिका अध्यक्ष चन्द्र घलेबाट एक उद्घाटन भएको हो ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा मुस्ताङ र मनाङ जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु,उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।


क्लिकमान्डु