सुनसरीको बराहमा ग्लोबल बैंकका १०० औं शाखा




काठमाण्डौ । ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ्ग सञ्चालनमा नयाँ कोशेढुङ्गा पार गरेको छ । आफ्नो १०० औँ सेवा सञ्चालनमा ल्याएर शाखारहित बैंकिङ्ग संञ्चालनमा ल्याएर बैंकले कोशेढुङ्गा पार गरेको हो ।

बैंकले सोमबार एक समारोहका बीच सुनसरी जिल्लाको बराह नगरपालिका– ५ कालाबन्जरमा आफ्नो १०० औँ शाखारहित बैंकिङ्ग सेवा सेवा सुरु गरेको हो ।

उक्त १०० औँ शाखा रहित बैंकिङ्ग सेवाको सुनसरी जिल्लाको बराह नगरपालिका–५ कालाबन्जरकी १०५ बर्षकी ज्येष्ठ नागरिक अनुरुपा बिष्ट तथा ग्लोबल आइएमई बैंक लि.का रेमिट्यान्स, क्रेडिट कार्ड बिक्रि तथा बजार प्रबर्धन, मिडिया एव्म ब्राडिन्ङ र शाखारहित बैंकिङ्ग सेवा प्रमुख रबिन्द्र ढकालले संयुक्त रुपमा गरेका हुन् ।

ग्लोबल आइएमई बैंकले मिति २०६९\०३\२० गते बर्दिया जिल्लाको मैनापोखरमा पहिलो शाखारहित बैंकिङ्ग सेवा खोलेरे उक्त सेवाको सुरुवात गरेको थियो ।
उक्त शाखारहित बैंकिङ्ग सेवा उद्घाटन समारोहमा ग्लोबल आइएमई बैंक लि.का रेमिट्यान्स, क्रेडिट कार्ड बिक्रि तथा बजार प्रबर्धन, मिडिया एव्म ब्राडिन्ङ र शाखारहित बैंकिङ्ग सेवा प्रमुख रबिन्द्र ढकाल लगायत स्थानीय समाजसेवीहरुको उपस्थिती रहेको थियो ।


क्लिकमान्डु