चितवनमा एक्वेरीयम हाउस सञ्चालन, १० हजारदेखि दुई लाखसम्मका एक्वेरीयम बिक्रीमा



चितवन । नारायणगढको प्रगति पथमा भिन्न किसिमको एक्वेरीयम हाउस सञ्चालनमा आएको छ ।

वीरगञ्जका व्यवसायी मुस्तफा आलमले यहाँका व्यवसायीसँग सहकार्य गरी नेपाल एक्वेरीयमका नाममा एक्वेरीयम हाउस सञ्चालनमा ल्याएका हुन् ।

आलमका अनुसार विभिन्न रंग र प्रजातिका माछा, माछाको दाना, औषधि, एक्वेरीयम र सजावटका सामान त्यहाँबाट बिक्री वितरण थालिएको छ । डिजिटल एक्वेरीयम चीन र थाइल्याण्डबाट एवं सामान्य खालको एक्वेरीयम यहीँ निर्माण गरिने उहाँले बताउनुभयो । माछा भारतको कोलकत्ता र थाइल्याण्डबाट ल्याइएको उनले जानकारी दिए ।

नेपालमा हाल सञ्चालनमा रहेका एक्वेरीयम हाउसभन्दा उच्च किसिमको र तुलनात्मक हिसाबले सस्तोमा सामग्री वितरण थालिएको आलमको दाबी छ ।

उनका अनुसार १० हजारदेखि दुई लाखसम्मका एक्वेरीयम बिक्रीका लागि राखिएको छ । एक्वेरीयम हाउसको युवा नेता कैलाश कोइरालाले उद्घाटन गरेका थिए । रासस


क्लिकमान्डु