१० महिनामा ६८ अर्बको सवारी तथा पार्टस पुर्जा आयात



काठमाडौं । सरकारले चालू आवको १० महिनामै ६८ अर्ब रुपैयाँ भन्दा बढीको सवारी साधन तथा सवारी पार्टस पुर्जा आयात गरेको छ । व्यापार प्रवद्र्धन तथा निकारी केन्द्रका अनुसार चालू्र आवको वैशाख मसान्सतसम्म ६८ अर्ब ९० करोड ३७ लाख ३२ हजार रुपैयाँ बराबरको सवारी साधन तथा सवार्री पार्टस पुर्जा नेपाले भारत तथा अन्य तेस्रो मुलुकबाट आयात गरेको छ ।

चालू आवको १० महिनामा सवारी आयातमा खर्च भएको रकम गत आवको भन्दा शून्य दशमलव ६ प्रतिशतले मात्रै हो । सरकारले सवारी साधन खरिदमा दिँदै आएको अटो लोनमा कडाई गरेसँगै सवारी आयातमा गिराव आउन थालेको छ । गत आवको दश महिनामा ६८ अर्ब ४६ करोड रुपैयाँ भन्दा बढीको सवारी साधन तथा त्यसका पार्टस पुर्जा आयात भएको थियो ।

चालू आवको दश महिनामा सवारी तथा पार्टस पुर्जा आयातमा सरकारले गरेको खर्च कुल आयातको ७ प्रतिशत हो । चालू आवको दश महिनामा ९ खर्ब ८३ अर्ब भन्दा बढीको सामान आयात भएको छ ।


पुष्प दुलाल