बिरा नाइन वान बियर अब नेपाली बजारमा



काठमाण्डौ । भारतमा अत्याधिक रुचाइएको बिरा नाइन वान बियर ब्राण्ड अब नेपालको बजारमा पनि प्रवेश गर्ने भएको छ । नेपाली बजारमा बिरा नाइन वानका ३ स्वादहरु ह्वाइट, ब्लण्ड र स्ट्रङ उपलब्ध हुनेछन् ।

नयाँ विश्वको लागि सुस्वादिष्ट बियरहरु भन्ने मूल नारालाई पूरा गर्न कटिबद्ध बि नाइन वेभरेज प्रा.लि.ले नेपाली बजारमा यी ३ विभिन्न बियरहरु वितरण गर्नका लागि ग्लोबल ट्रेडिङ कन्सर्नसँग सहकार्य गरेको छ ।

यी सबै वियरहरु ३३० मिलिको बोतलहरुमा उपलब्ध हुने र यसको बजार मुल्य ३ सय ३० रुपैयाँ कायम गरिएको विज्ञप्ति मार्फत जनाएको छ ।


क्लिकमान्डु