सस्तो ब्याजदरमा सेयर कर्जा चाहियो ? त्यसोभए मुक्तिनाथ विकास बैंक जानुस्



काठमाडौं । के तपाईं सेयर धितो राखेर बैंकबाट सस्तोमा कर्जा लिन खोजिरहनु भएको छ ? छ भने तपाईं तुरुन्तै मुक्तिनाथ विकास बैंक जानुस् । मुक्तिनाथले तपाईंलाई अपत्यारिलो ब्याजदरमै सेयर कर्जा दिन्छ ।

मुक्तिनाथले सेयर कर्जा बढाउने उदेश्यले अपत्यारिलो ब्याजदरमै सेयर कर्जा उपलब्ध गराउने स्किम सार्वजानिक गरेको छ ।

बैंकले सार्वजानिक गरेको सूचनामा कति ब्याजर भनेर खुलाइएको छैन । तर, साढे १३ प्रतिशतसम्मको ब्याजदरमा सेयर कर्जा उपलब्ध गराउने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेलले जानकारी दिए ।

सेयरको मूल्य घटेपछि सेयर धितोमा बैंकबाट ऋण लिएका ऋणीलाई धितो वा पैसा थप्नका लागि बैंकका कर्मचारीले मार्जिन कल गरिरहेका छन् । यस्तो अवस्थामा मुक्तिनाथले ल्याएको अपत्यारिलो ब्याजदर स्किमले सेयर धितोमा ऋण लिनेलाई ठूलो राहत मिल्ने देखिन्छ ।

‘हामी ग्राहकलाई अपत्यारिलो ब्याजदरमै सेयर धितोमा कर्जा दिन्छौं,’ सीइओ पोखरेलले क्लिकमाण्डूसँग भने, ‘अहिले बजारमा कर्जाको ब्याजदर १४÷१५ प्रतिशत छ । कतिपय बैंकहरुले सेयर धितोमा प्रवाह गर्ने कर्जाको सीमा नाघिसकेकाले थप ऋण दिँदैनन् । तर, हामी साढे १३ प्रतिशत ब्याजदरमै कर्जा दिन्छौं ।’

बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) केही सहज भएकाले सेयर धितोमा कर्जा बढाउन लागिएको उनले जानकारी दिए । त्यसो त यसअघि बैंकले सेयर धितो कर्जालाई प्राथमिकतामा राखेको थिएन ।

अहिले बैंकले प्रवाह गरेको कूल कर्जामध्ये १ प्रतिशतभन्दा कम मात्रै सेयर धितो कर्जा रहेको पोखरेलले बताए । यसलाई बढाएर डेढ प्रतिशतसम्म पुर्याउनका लागि अपत्यारिलो ब्याजदरमै कर्जा दिने स्किम ल्याइएको उनको भनाइ थियो ।

‘मुक्तिनाथले तत्कालै २० देखि ३० करोड रुपैयाँ सेयर कर्जा विस्तार गर्ने योजनासहित नयाँ स्किम ल्याएको हो,’ उनले भने ।

मुक्तिनाथले सेयर धितोमा उपलब्ध गराउने ऋणको ब्याजदर संवभत अहिलेको बैंकिङ इन्ड्रस्टीकै सस्तो ब्याजदर रहेको पोखरेलले दाबी गरे ।

‘सेयरमा साढे १३ प्रतिशत ब्याजमा ऋण भनेको संभवत अहिलेको इन्ड्रस्टीकै सस्तो ब्याज हो,’ उनले भने ।

अरु बैंकहरुले ऋणीलाई मार्जिन कल गरिरहेका बेला मुक्तिनाथले भने सेयर धितोमा ऋण लिनका लागि आकर्षक स्किम ल्याएको हो ।

सेयरको मूल्य घटेपछि सेयर धितोमा बैंकबाट ऋण लिएका ऋणीलाई धितो वा पैसा थप्नका लागि बैंकका कर्मचारीले मार्जिन कल गरिरहेका छन् । यस्तो अवस्थामा मुक्तिनाथले ल्याएको अपत्यारिलो ब्याजदर स्किमले सेयर धितोमा ऋण लिनेलाई ठूलो राहत मिल्ने देखिन्छ ।


पुष्प दुलाल