नेपाली बजारमा चिनियाँ स्मार्ट फोनको दबदबा



काठमाडौं । कुनै एक समय थियो, मोबाइल फोनको पर्यायवाची शब्द भनेकै नोकिया मानिन्थ्यो । जब विश्व बजारमा आइफोन र सामसुङको प्रवेश भयो, तब नोकियाको बजार विस्तार ओरालो लाग्न थाल्यो ।

एप्पल (आइफोन) र सामसुङ आक्रमक रुपमा बजार प्रवेश गर्न थालेसँगै नोकिया फोनको युग समाप्त जस्तै बन्यो ।

तर, प्रबिधिको दुनियाँ यति गतिशिल र प्रतिस्पर्धी छ कि, एउटै ब्राण्ड लामो समयसम्म शिखरमा बसिरहन सक्दैन । नयाँ सोचसहित आएका चिनियाँ ब्राण्ड चुनौति बनेका छन् ।

नोकिया ब्रान्डलाई पछि पार्न सफल भएका आइफोन र सामसुङ फोनलाई पनि चिनियाँ ब्रान्डका स्मार्टफोनले टक्कर दिइरहेका छन् स्मार्टफोनको बजारमा ।

पछिल्लो समय चिनियाँ मोबाइल उत्पादन कम्पनी ओप्पो, जियोनी, शाओमी, हुवावे, वान प्लस, जेइटीइ, मिजु लगायतका कम्पनीले सामसुङ र आइफोनलाई पर्छान लागिसकेका छन् ।

एप्पल र सामसुङले पछिल्लो बर्षहरुमा बिस्तारै ओरालो यात्रा सुरु गर्दैछन् । खासगरी एशियाली र युरोपेली बजारमा एप्पल र सामसुङको बजार खोसिरहेका छन् चिनियाँ ब्राण्डहरुले ।

पछिल्लो समय चिनियाँ मोबाइल उत्पादन कम्पनी ओप्पो, जियोनी, शाओमी, हुवावे, वान प्लस, जेइटीइ, मिजु लगायतका कम्पनीले सामसुङ र आइफोनलाई पर्छान लागिसकेका छन् ।

चीन, भारत र समग्र एशियाली बजारमा यी ब्राण्डहरुले जसरी सामसुङ र एप्पलको बजार खोसिरहेका छन् । केही समयदेखि नेपाली बजारमा चिनियाँ स्मार्ट फोनको बजार ह्वातै बढेको तथ्यांकले यसको पुष्टि गर्छ ।

सामसुङ र आइफोनलाई चुनौंति दिने ओप्पो स्मार्ट फलोन नेपाली बजारमा प्रवेश गरेको ३ वर्ष पनि भएको छैनन् । ओप्पो स्मार्टफोनको बजारमा प्रवेश गरेको ५ वर्षभित्रै विश्वकै चौंथो ठूलो ब्राण्डका रुपमा स्थापित पनि भएको थियो । ओप्पो नेपाली बजारमा पनि चर्चित स्मार्टफोन हो ।

यसैगरी मेजु चिनियाँ ब्रान्डका फोनले पनि सामसुङ र आइफोनलाई चुनौति दिँदै आएको छ । सुलभ मूल्यमा स्तरीय स्मार्टफोन बोक्न चाहानेका लागि मेजु विकल्पका रुपमा आएको छ ।

अहिले यो ब्राण्ड चीनमा ठूला १० स्मार्टफोन निर्मातामध्ये पर्छ भने पछिल्ला २ बर्षमा यसले आफ्नो बिक्रीमा निकै ठूलो फड्को मारेको छ ।

सामसुङ र आइफोनलाई टक्कर दिने अर्को चिनियाँ फोन हो- जेडटीइ । अमेरिकाको क्यालिफोर्नियामा डिजाइन हुने जेडटीइका स्मार्टफोन अहिले युरोपेली र अमेरिकी बजारमा पनि रुचाइएका छन् । न्यूनदेखि उच्च आय भएका आम उपभोक्तालाई लक्षित गर्दै जेडटीइले बिभिन्न रेन्जका स्मार्टफोन उत्पादन गर्छ ।

यसैरी नेपाली स्मार्टफोन बजारमा सामसुङ र आइफोनको बजास हिसा कम गर्न सफल मोबाइल फोन हो– हुवावे । खासगरी सामसुङलाई बिक्रीका हिसाबले सिधै टक्कर दिने ब्राण्ड हो हुवाव । यसले एशियाली बजारमा पनि सामसुङको बजार खोसिरहेको छ ।

यस्तैगरी, जियोनी स्मार्टफोनले पनि प्रत्यक्षरुपमा सामसुङकै बजारमा हस्तक्षेप गरिरहेको छ । मध्यमस्तरीय मूल्यका कारण जियोनीले एशियाली बजारका मध्यमबर्गीय उपभोक्तामाझ लोकप्रियता कमाएको छ ।

२०१० यता जियोनीले पातला स्मार्टफोनको उत्पादनमा ध्यान केन्द्रित गरेको छ । सन् २०१४ मा इलाइफ एस ५ सेट बिश्वकै सबैभन्दा पातलो स्मार्टफोनको टाइटल जित्न सफल भएको थियो ।


पुष्प दुलाल