काभ्रेमा ग्लोबल आइएमई बैंकद्धारा विद्यालयलाई ५ थान कम्प्युटर सहयोग




काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रे जिल्लाको रोसी गाउँपालिका – ९, मंगलटार स्थित मंगल जन विजय माध्यमिक विद्यालयलाई ५ थान नयाँ कम्प्युटर हस्तान्तरण गरेको छ ।

काभ्रे जिल्लाको शैक्षिक विकासमा सहयोग पु¥याउने उद्धेश्यले असार १६ गते एक कार्यक्रमका बीच बैंकले उक्त कम्प्युटरहरु हस्तान्तरण गरेको हो ।

कम्प्युटर हस्तान्तरण कार्यक्रमका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, सांसद एवम् पूर्व स्वास्थ्य तथा वातावरण राज्यमन्त्री शशी श्रेष्ठ, राष्ट्रिय शिक्षा आयोगका सदस्य एवम् वरिष्ठ पत्रकार तथा विश्लेषक श्याम श्रेष्ठ, ग्लोबल आइएमई बैंक लि. का सहायक महाप्रबन्धक आरती राणा लगायतको उपस्थिति रहेको थियो ।

उक्त समारोहमा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई बैंक लि. ले विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरी सहयोग गरेकोमा धन्यबाद व्यक्त गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई यस्ता सामाजिक उत्तरदायित्वका गतिबिधिमा सहभागी हुन आग्रह गरे ।

सोही समारोहमा बोल्दै ग्लोबल आइएमई बैंक लि.का सहायक महाप्रबन्धक राणाले भुकम्पबाट क्षति पुगेको विद्यालयका बिद्यार्थीहरुको शैक्षिक बिकासमा टेवा पु¥याउनको लागि बैंकले ५ थान कम्प्युटर सहयोग गरेको जानकारी गराउदैँ भविष्यमा पनि बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई सधँै प्राथमिकतामा राखेर अगाडि बढ्ने बताइन् ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्यले बैंकले १२९ शाखा, ५ एक्सटेन्सन काउण्टर, १३२ एटिएम, ९२ वटा शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको बिज्ञप्ति प्रकाशन गरी जानकारी गराएको छ ।


क्लिकमान्डु