महालक्ष्मी बैंकको सिद्धार्थ इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता



काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवनको बीमा सेवा दिने क्रममा एकैदिन थप दुई बिमा कम्पनी, सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता सम्बन्धी सम्झौता गरेको छ ।

महालक्ष्मी विकास बैँक लि. का प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सिद्धार्थ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र वैदवार क्षेत्रीेले बंैकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक समारोह बीच बैंकासुरेन्सको सम्झौता हस्ताक्षर गर्नुभएको छ ।

यस्तै प्रकारको सम्झौता बैंकका प्रमुख कार्यकारी अधिकृत र नेपाल इन्स्योरेन्स कम्पनी लि. का प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहसँग पनि सम्पन्न भएको छ ।

सम्झौता अनुसार ग्राहकहरुले महालक्ष्मी विकास बैंक लि. बाट उक्त कम्पनीहरुको निर्जिवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण निर्जिवन बीमा सेवा प्राप्त गर्ने बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु