सिन्धुपाल्चोकको २ स्थानमा ग्लोबल आईएमईको शाखा रहित सेवा



काठमाडौं । ग्लोबल आईएमई बैंकले सिन्धुपाल्चोकमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले भोटेकोसी गाउँपालिका ४, चाकुमा ९१ औं र साँगाचोक गढी नगरपालिका ९, बफेलीमा ९२ औ शाखारहित बैंकिङ सेवा शुरु गरेको हो ।

चाकुमा खोलिएको ९१ औं शाखारहित बैंकिङको व्यवसायिक प्रतिनिधित्व स्थानिय पोष्टबहादुर खड्काले गर्नेछन् भने बफेलीमा खोलिएको ९२ औं शाखारहित बैंकिङ सेवाको भने स्थानीय पदमबहादुर श्रेष्ठले प्रतिनिधित्व गर्ने बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

यस्ता शाखारहित बैंकिङ सेवाले ग्रामीण ठाउँका बासिन्दालाई आफ्नै ठाउँमा सेवा लिन मद्दत पुर्याउने बैंकको विश्वास रहेको छ । निक्षेप खाता खोल्न, तोकिएकको सीमासम्मको रकम जम्मा गर्न÷झिक्न, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिन, कर्जा ब्याज भुक्तान गर्न मद्दत गर्दछ । साथै डिस होम, सिडीएमए, यूटीयलको महसुल भुक्तान लगायत मोबाईलका रिचार्ज गर्ने लगायतको कार्यमा सहज भूमिका खेल्नmे बताइएको छ ।

सो बैंकले बैंकिङ् सेवा सहज बनाउन १२९ शाखा, १३२ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर, ९२ शाखा रहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि तथा सम्पर्क कार्यालय सञ्चालन गरेको छ । यसरी बैंकले ९ लाखहरु भन्दा बढी ग्राहकहरु माझ सेवा दिईरहेको छ ।


क्लिकमान्डु