सनराइज बैक र पशुपति क्षेत्र विकास कोषबीच काउण्टर सञ्चालन सम्बन्धी सम्झौता



काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना सेवा बिस्तार गर्ने क्रममा पशुपति क्षेत्र विकास कोषसंग पर्यटक प्रवेश काउण्टर सञ्चालन सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतामा सनराइज बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पशुपति क्षेत्र विकास कोषका तर्फबाट सदस्य सचिव डा. प्रदीप ढकालले हस्ताक्षर गरेका छन् ।

सम्झौतासंगैै विभिन्न मुलुकहरुबाट पाशुपत क्षेत्रमा भ्रमणका लागि आउने पर्यटकहरुलाई क्रमशः तिलगंगा पर्यटक काउण्टर, वत्सलेश्वरी पर्यटक काउण्टर, महास्नान घर अगाडि रहेको पर्यटक काउण्टर र गुहेश्वरीमा अवस्थित पर्यटक काउण्टर समेत गरी ४ स्थानका पर्यटक प्रवेशद्वारमा पर्यटक प्रवेश काउण्टर राखी टिकट बिक्री गर्नका लागि स्थानहरु उपलब्ध गराईने छ ।

कार्यक्रममा बैंक सञ्चालक समितिका सञ्चालकहरु बच्छराज तातेड, ज्योतिकुमार बेगानी, ओमकृष्ण जोशी तथा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष, परिषद सदस्यहरु, कार्यकारी निर्देशक, बरिष्ठ निर्देशक लगाएत उच्च पदाधिकारीहरुको उपस्थिति थियो ।


क्लिकमान्डु