कुमारी बैंकको शेयर शिलबन्दी बोलपत्रद्वारा बिक्री गरिने



काठमाडौं । कुमारी बैंकको शेयर शिलबन्दी बोलपत्रद्वारा बिक्री गरिने भएको छ ।

संस्थापक समूहतर्फ ५ लाख १९ हजार २१ दशमलव ६९ कित्ता तथा सर्वसाधारणतर्फ ६ लाख ४९ हजार ४ सय ५२ दशमलव ८१ कित्ता शेयर रहेको छ । यसरी बैंकको जम्मा ११ लाख ४१ हजार ३ सय ७४ दशमलव ५० कित्ता शेयर बिक्रीमा रहेको छ ।

बैंकको हकप्रद शेयर गत बैंशाख २८ गते देखि जेठ ३१ गतेसम्म खुल्ला गरी आवेदन माग गरिएको थियो । सो अवधिमा आवेदन नपरेकाले नेपाल राष्ट्र बैंकबाट ईजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट बोलकबोल बढाबढ गरी शेयर बिक्री गरिने भएको हो ।

यसका लागि २०७४ को निर्देशिका र धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिकाको नं १५ लाई आधार मानिएको छ । यसरी शेयर खरिद गर्न इच्छुक लगानीकर्ता, संघ संस्था, व्यक्ती, कम्पनीले असार २२ गतेदेखि २९ गते भित्र प्रति कित्ता के कति दरमा लिन कबुल गर्ने हो सोही अनुसार गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सूचना प्रकाशित गरी जानकारी गराइएको छ ।

बोलपत्र आवेदन फारम लिन र बुझाउनको लागि कुमारी बैंकको प्रधान कार्यालय दरवारमार्ग, शाखा कार्यालयहरु नेपालगञ्ज, सुर्खेत, धनगढी, बीरगंज, बिराटनगर, बुटवल, पोखरामा सम्पर्क गर्न सकिनेछ । यस्तै एन आईविएल यस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौं तथा शाखा कार्यालयहरु लालदरबार काठमाडौं र लगनखेल ललितपुरमा पनि सम्पर्क गर्न सकिने एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।


क्लिकमान्डु