गरिमा विकास बैंक र ॐ हस्पिटलकबीच उपचार सेवा सम्झौता पत्रमा हस्ताक्षर



काठमाण्डौ । ॐ हस्पिटल एण्ड रिसर्च सेण्टर चावहिलमा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र ॐ हस्पिटल एण्ड रिसर्च सेण्टरबीच सम्झौता सम्पन्न भएको छ ।

गरिमाविकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र ॐ हस्पिटल एण्ड रिसर्च सेण्टरको तर्फबाट प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले सो सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता पश्चात गरिमा विकास बैंक लिमिटेडका डेविट कार्ड होल्डर ग्राहकहरु, विकास बैंकका कर्मचारी र संस्थापक शेयरधनीहरुले ॐ हस्पिटल एण्ड रिसर्च सेण्टरमा उपचार गराउदां अपरेशन शुल्क, बेड शुल्क, मेडिकल शुल्क, ल्याब, एक्सरे, भिडियो एक्सरे, सिटी स्क्यान, इण्डोस्कोपी, कोलोनोस्कोपी लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्ने बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडका राजधानीमा ५ वटा शाखाकार्यालय सहित देशभर ५७ शाखा कार्यालय सञ्चालनमा रहेका बुभिएको छ ।


क्लिकमान्डु