सिटिजन्स बैंक र ग्रान्डी अस्पतालबीच सहकार्य




काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, टोखा बीच बैंकका ग्राहकवर्गलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा तथा अस्पतालका तर्फबाट मार्केटिङ तथा व्यापार प्रवर्धन प्रमुख प्रतीक तिवारीले हस्ताक्षर गर्नु भएको छ ।

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना७४ वटा शाखा, ७० वटा ए.टी.एम. र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करीब तीनलाख पैतीस हजार ग्राहकलाईआधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको बैंकले बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।


क्लिकमान्डु