देवः विकास बैंकमा नपरेको शेयर रकम भुक्तानी फिर्ता हुने



काठमाडौं । देवः विकास बैंकको बाँडफाँडमा नपरेको शेयरको रकम भुक्तान फिर्ता हुने भएको छ । बैंकले यहीँ असार १७ गते रकम लगानीकर्ताको रकम सम्बन्धित खातामा जम्मा गर्ने जनाएको हो ।

सो बैंकले संस्थापक समूहतर्फको १४ लाख ७९ हजार २ सय ६४ दशमलव ८८ कित्ता र सर्वसाधारण समूहतर्फ ५ लाख ४० हजार ७ सय ९४ दशमलव ४१ कित्ता शेयर असार १ देखि ८ गतेसम्म शिलबन्दी बोलपत्र द्वारा खरिद बिक्री गर्न आव्हान गरेको थियो ।

उक्त अवधी भित्र प्राप्त बोलपत्रहरु असार ११ गते खोली १२ गतेका दिन निष्काशनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको थियो ।


क्लिकमान्डु