चितवन पर्सामा ज्योति विकास बैंकको नयाँ शाखा



काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले चितवनको पर्सामा नयाँ शाखा संचालनमा ल्याएको छ । खैरहनी नगरपालिका वडा नं ८ पर्सा बजारमा रहेको उक्त शाखा खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरी तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काद्वारा एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

सो अवसरमा खैरहनी नगरपालिकाका मेयर चौधरीले आफ्नो नगरपालिकामा खुलेको यस विकास बैंकले सरल र सुलभ बैकिङ्ग सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताउनु हुँदै बैंकको प्रगतिको कामना गरेका थिए ।

साथै, बैंकका अध्यक्ष खड्काले ज्योति विकास बैंकले विपन्न परिवारका लागि लघु कर्जा सुरु गरेको र आफ्नो देशभरी रहेका शाखा कार्यालयहरु मार्पmत आधुनिक बैकिङ्ग सेवा प्रदान गर्न प्रतिवद्ध रहेको वताए ।

हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटीएम सञ्चालनमा ल्याउने प्रक्रियामा बैंकले बिज्ञप्ति मार्फत जानकारी गराएको छ ।

हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट १६ अर्व ३९ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १४ अर्व ७५ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी २ अर्व ५९ करोड कायम रहेको बुझिएको छ ।


क्लिकमान्डु