निर्धन उत्थान बैंक लिमिटेडले गर्यो नाम परिवर्तन



काठमाडौं । निर्धन उत्थान बैंक लिमिटेडको नाम परिवर्तन भई निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड भएको छ ।

बैंकले गत २०७४ साल पौष २९ गते सम्पन्न १९ औं वार्षिक साधारण सभाबाट नाम परिवर्तन गर्ने निर्णय गरेको थियो । उक्त परिवर्तनको स्विकृती पत्र भने बैंकले गत जेठ २९ गते कम्पनी रजिस्टरको कार्यालयबाट प्राप्त गरेको थियो ।

अब साबिक कम्पनीको नाममा रहेको सम्पूर्ण चल, अचल सम्पत्ति तथा तिर्नु पर्ने कर दायित्व आदि समेत परिवर्तित नामको कम्पनीले सकार्ने बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट ए क्लास डी वित्तीय संस्थाको मान्यता पाएको बैंक हाल काठमाडौं नक्सालमा अवस्थित छ ।


क्लिकमाण्डू