आइएमई र ग्राण्डी अस्पतालवीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता



काठमाडौं । आइएमई लिमिटेड र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीहरूले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको सेवामा ७ दशमलव ५ प्रतिशत विशेष छुट पाउने छन् ।

 

यो सुविधा अस्पताल भित्रको सेवामामात्रलागु हुनेछ । त्यसैगरी चिकित्सकीय परामर्श लगायत विभिन्न दश प्रकारका ल्याब परीक्षण सेवाका लागि एक हजार पाँच सय शूल्कमा स्वास्थ्य परीक्षण प्याकेज समेत प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ । यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ ।

 

सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट लोयल्टी कार्यक्रम प्रमुख प्रफुल्ल रिजाल र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको तर्फबाट बजार तथा व्यापार प्रवद्र्घन विभाग प्रमुख प्रतीक तिवारीले हस्ताक्षर गरेका छन् । यो सम्झौता २०७५ साल असार ११ गतेदेखि एक वर्षसम्मका लागि लागु हुने आइएमईद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

 

आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।

 

सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी १सय७४आइएमई सेन्टरसहित ७५ जिल्लाका ८ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत विदेशमा कार्यरत नेपालीहरुले दःुख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।


क्लिकमान्डु