नेपाली जहाजको मलेसिया उडान कटौती



काठमाडौं । काठमाडौं–मलेसिया उडान गर्दै आएका नेपाली विमान कम्पनीहरुले उडान कटौती गरेको छन् ।

वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारमा कमी आएसँगै एयरलाइन्स कम्पनीले नियमित रुपमा गर्दै आएको उडान कटौती गरेका हुन ।

राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्सले सातामा एक उडान कटौती गर्ने निर्णय गरेको छ ।

सातामा ४ वटा उडान गर्दै आएपनि जहाजको लोड कम भएपछि सोमबारबाट एउटा उडान कटौती गर्ने निर्णय भएको नेवानिका प्रवक्ता रबीन्द्र श्रेष्ठले जानकारी दिए ।

यसैगरी निजी हवाई सेवा प्रदायक हिमालय एयरलाइन्सले पनि सातामा ३ वटा उडान कटौती गरेको छ ।

हिमालयले अहिले यात्रु कम पाउन थालेपनि सातामा दुई वटा मात्र्रै उडान गरेको छ । यही क्रम रहेमा सातामा एउटा पनि उडान मात्रै गर्न पर्ने अवस्था आउने हिमालय एयरलाइन्सको भनाइ छ । यस अघि हिमालयले सातामा पाँच वटा उडान गर्दै आएको थियो ।


क्लिकमान्डु