भट्टचनको दाबीः उच्च क्वालिटीमा फुटवल हेर्न प्रभु टिभी



आजदेखि प्रभु टिभी सञ्चालनमा आएको छ । अहिले पनि टेरिस्टोल टिभी संसारका विभिन्न देशहरुमा प्रशारण भइरहेका छन् । यो प्रविधिको प्रशारण तपाईंहाम्रो बाउ/बाजेले हेरेको टेरिस्टोल प्रविधिमा आधारित हो । तर, प्रभु टिभीले प्रयोग गरेको प्रविधि टेरिस्टोल प्रविधिको नयाँ जेनेरेशन हो ।

यो प्रविधिमा आधारित सेवा सार्कमै करिब पहिलो पटक प्रभु टिभीमार्फत नेपालमा शुरु भएको छ । यसले प्रविधिका हिसाबले नेपाल धेरै अघि छ भन्ने प्रमाणित पनि गर्छ । मलाई त संसारमै सबैभन्दा अगाडि नेपालले यो प्रविधिमा आधारित सेवा प्रशारण गरेको महशुस भएको छ ।

कतिपय देशमा सीमित च्यानल मात्रै देखाउने गरिन्छन । कुनै देशमा ५ वटा कुनै देशमा २० वटा च्यानमात्रै प्रशारण भएको हामीले पाएका छौं । हामीले सकेसम्म बढी च्यानल प्रशारण गर्नका लागि नर्वे, इटाली, चीन, भारत लगायतबाट मेशिनहरु ल्याएका छौं ।

यतिखेर विश्वकम भइरहेको छ । प्रभु टिभीमा सबैभन्दा गुण्स्तरीयरुपमा खेल हेर्न सकिन्छ ।

शुरुमा काठमाडौं उपत्यकाका सबै क्षेत्र, पोखररा र चितवनमा प्रभु टिभी प्रशारण हुनेछ । अबको एक महिनाभित्र इटहरी क्षेत्रबाट प्रशारण गर्नेछौं । इटहरी क्षेत्रबाट हुने प्रशारणले बिर्तामोड, बिराटनगर, इनरुवा, धरान, धनकुटा लगायतका क्षेत्रमा सेवा दिन्छौं । त्यसपछि भैरबहा, बुटवल, नेपालगञ्ज र दाङलगायतका ठाउँबाट सेवा बिस्तार गर्छौं ।

एनालग टिभीलाई डिजिटल प्रविधिमा लैजानका लागि विश्वमा यो प्रविधिको शुरु भएको हो । सार्क क्षेत्रमा हामीले सबैभन्दा पहिले सेवा शुरु गरेका हौं । विश्वमा पनि हामी निकै अघि छौं ।

एनालग टिभीबाट सर्वसाधारणलाई पर्न गएको असुविधा र टिभीलाई डिजिटलाइजेशनमा लैजानका लागि सरकारले निर्णय गरिसकेको अवस्थामा हाम्रो भूमिका रहस्यमय हुनेछ । किनभने न्यून आय भएका ग्राहक हुन् वा उच्च आय भएका सम्भ्रान्त वर्गका प्रयोगकर्ता हुन् सबैले उच्च गुणस्तरको टिभी हेर्न आवश्यक छ । त्यस्तो उच्च गुणस्तको टिभी डिजिटल टिभी मात्रै हो । जुन प्रभु टिभीले प्रसारण गर्छ ।

यतिखेर विश्वकम भइरहेको छ । प्रभु टिभीमा सबैभन्दा गुण्स्तरीयरुपमा खेल हेर्न सकिन्छ ।

एउटा सेटअप बक्स जोड्दा एउटा मात्रै टिभी सेट सञ्चालन हुने र त्यसले घरपरिवारमा समस्या निम्त्याइरहेको अवस्थालाई मध्यनजर गर्दै हामीले मोवाइ, ट्याब र ल्यापटपमा पनि प्रभु टिभी हेर्न पाइने ब्यवस्था मिलाएका छौं । मोवाइलमा टिभी हेर्दा डाटा र वाइफाइको आवश्यक नपर्ने र अफलाइनमै टिभी हेर्न सकिने प्रविधिको प्रयोग गरेका छौं । डिभाइसको प्रयोगले मोवाइलमै टिभी हेर्न सकिन्छ ।

शुरुको दिनमा हामीले करिब ६० च्यानलहरु प्रशारण गर्छौं । केही समयपछि धेरैभन्दा धेरै च्यानल प्रशारण गर्ने हाम्रो योजना छ । २ महिनाभित्र आधारभूतरुपमा १२० वटासम्म च्यानल प्रशारण गर्नेछौं । एनालग टिभिकै पैसामा प्रभु डिजिटल टिभी हेर्न पाइने छ ।

(प्रभु टिभीको सेवा शुभारम्भ गर्दै अध्यक्ष भट्टचनले राखेको मन्तब्य)


पुष्प दुलाल