आजदेखि प्रभु टिभी सञ्चालनमा, मोवाइल र ल्यापटपमा पनि हेर्न सकिने, मूल्य कति ?



काठमाडौं । प्रभु टिभिले आजदेखि नेपालमा पहिलोपटक डिजिटल भिडियो प्रशारणमा आधारित सेवा सञ्चालनमा ल्याएको छ । ओटीटी प्रणालीमा आधारित भएकाले प्रभु टिभी मोवाइल, ट्याबलेट र ल्यापटपमा हेर्न सकिनेछ ।

उक्त सेवाको शुभारम्भ प्रभु समुहका अध्यक्ष देवी प्रकाश भट्टचनले गरे ।

पहिलो चरणमा काठमाडौं, पोखरा र चितवनमा सेवा शुरु गरेको प्रभु टिभीले केही दिनमै प्रदेशन नं. १ का धरान, इटहरी, बिराटनगरलगायतका शहरहरुमा सेवा शुरु गर्ने समूहका अध्यक्ष भट्टचनले जानकारी दिए । त्यसलगत्तै बुटवल भैरबहा, नेपालगञ्ज र कोहलपुर लगायतका स्थानहरुमा सेवा प्रदान गरिनेछ ।

प्रभु टिभीमा बालबालिका, चलचित्र, खेलकुद, संगीत, मनोरञ्जन र सूचनामूलक नेपाली तथा विदेशी च्यानलहरु हेर्न सकिने भट्टचनले बताए ।

मूल्य कति ?

व्यक्तिगत प्रयोगकर्ताले प्रभु टिभी जोड्न ६ महिनाको १६ सय रुपैयाँ र सेटअप बक्सको १००० रुपैयाँ तिर्नुपर्छ । संस्थागतका लागि भने महिनाको २ सय र सेट अप बक्सका लागि ८०० रुपैयाँ लाग्छ ।


पुष्प दुलाल