नेपालगञ्ज प्रवेश विन्दुमा भारतीय पक्षको फेरि आलटाल



काठमाडौं । भारतले पश्चिम तर्फबाट नेपाल आउने जहाज प्रवेशका लागि सबैभन्दा आवश्यक नेपालगञ्ज प्रवेश विन्दुमा फेरि आलटाल गरेको छ ।

नयाँ हवाई प्रवेश विन्दुको विषयमा काठमाडौंमकका भएको दुई दिनको छलफलमा भारतीय पक्षले नेपालगञ्ज हवाई प्रवेश विन्दुको विषयमा प्राविधिक मूल्यांकन नसिकएको भन्दै पछाडि हटेको छ । भारतीय पक्षले नेपालगञ्ज प्रवेश विन्दुको विषयमा सन् २०१८ को डिसेम्बरसम्मको समय माग गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राराधिकरण र भारतीय विमानपत्तन प्राधिकरणको प्राविधिक टोलीबीच काठमाडौंमा बिहीबार र शुक्रबार भएको छलफलमा अन्य चार वटा नयाँ रुटको विषयमा सहमति भएपनि नेपालगञ्ज प्रवेश विन्दुको विषयमा समहत हुन सकेन् ।

सिमरा विन्दुको तुलनामा नेपालगन्ज प्रवेश विन्दुबाट काठमाडौं आउन १४ नटिकल माइल, भैरहवा आउन एक सय ६९ नटिकल माइल र पोखरा आउन एक सय ६५ नटिकल माइल दूरी कम पर्छ ।

दुई पक्षीय वार्तामा भारतीय पक्षले काठमाडौं–विराटनगर, काठमाडौं–जनकपुर, काठमाडौं–जनकपुर–पटना र महेन्द्रनगर हुँदै नेपाल आउने जहाजका लागि १४ हजार फिटदेखि २४ हजार फिटको उचाइमा मात्रै प्रवेश दिने गरी सहमति भएको छ ।

सहमतिपत्रमा नेपालका तर्फबाट नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक तथा एयर नेभिगेसन विभागका प्रमुख नरेन्द्रबहादुर थापा क्षेत्री र भारतीय विमानपत्तन प्राधिकरणको एयर नेभिगेसन विभागका अनिलकुमार दत्ताले हस्ताक्षर गरेका थिए ।

तर, दुई पक्षीय सहमतिमा महेन्द्रनगर प्रवेश विन्दुलाई दुई तर्फी बनाउने भनिएपनि साना जहाज र क्रस बार्डर उडानका लागि मात्रै उचित हुने गरी प्रवेश विन्दुमा सहमति भएको छ ।

नेपालले भने महेन्द्रनगर प्रवेश विन्दुबाट लामोदुरीबाट आएका जहाज र ठूला जहाजले पनि प्रवेश गर्न पाउने गरी माग अगाडि बढाएको थियो । तर, भारतीय पक्षले मूल्यांकन गर्न बाँकी रहेको भन्दै समय पछि सारेको छ ।

पश्चिम तथा दिल्लीबाट नेपाल आउने जहाजका लागि नेपालगञ्ज र महेन्द्रनगर प्रवेश विन्दु नै उचित र आवश्यक विन्दु हो । महेन्द्रनगर विन्दुबाट जहाज बाहिरिन मात्रै पाउने अवस्था छ । जसकाकारण युरोफ अमेरिका र दिल्लीबाट नेपाल आउने जहाले भारतीय भूमी घुम्दै सिमरा विन्दुबाट नै प्रवेश गर्नु पर्ने अवस्था अन्त्य हुन सकेन् ।

नेपालगन्ज प्रवेश विन्दुका विषयमा भारतीय पक्ष सकारात्मक छैन । भारतीय पक्षले नेपालगन्ज प्रवेश विन्दु दिन त्यस क्षेत्रमा आर्मी बेस क्याम्प रहेको भन्दै आलटाल गर्दै आएको थियो ।

भारतीय पक्षले प्राविधिक मूल्यांकन पूरा नभएको भन्दै डिसेम्बरसम्मको समय माग गरेको छ ।

नेपालमा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थल तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि सबैभन्दा उपयुक्त नेपालगन्ज प्रवेश विन्दु हो । सिमरा विन्दुको तुलनामा नेपालगन्ज प्रवेश विन्दुबाट काठमाडौं आउन १४ नटिकल माइल, भैरहवा आउन एक सय ६९ नटिकल माइल र पोखरा आउन एक सय ६५ नटिकल माइल दूरी कम पर्छ ।

यसैगरु दुई पक्षीय सहमति पछि पूर्वबाट आउने जहाजका लागि भने विराटनगर र जनकपुर प्रवेश विन्दु दुईतर्फी भएको छ । यी प्रवेश विन्दुबाट यस अघि नेपाल आउने जहाजले प्रवेश गर्न पाउने थिएनन् । भारतीय पक्षले यी प्रवेश विन्दुलाई भने दुई तर्फी बनाउन सहमत जनाएको हो ।

नयाँ हवाई रुट दिने विषयमा सहमति भए पनि जहाज प्रवेशका लागि भने अझै एक वर्षभन्दा बढी समय लाग्ने प्राधिकरणको भनाइ छ । सबैभन्दा पहिले एयर सेफ्टी एसिसमेन्ट गनुपर्ने हुन्छ। सेफ्टी एसिसमेन्ट सकिएपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) मा पठाउनुपर्ने हुन्छ । आइकोओले पारित गर्न तीन महिना भन्दा बढी समय लगाउँछ । त्यसपछि अन्य तयारी गर्न दुई महिनाभन्दा बढी समय लाग्ने प्राधिकरणको भनाइ छ ।


पुष्प दुलाल