हवाइजहाज चढ्दै हुनुहुन्छ ? बुध्द सस्तो कि यति ? यस्तो छ भाडादर



काठमाडौं । पछिल्ला वर्षहरुमा हवाइ यात्रा गर्ने नेपालीहरुको संख्या बढ्दो छ । यात्रुको चाप बढ्न थालेपछि सरकारले देशभर विमानस्थल निर्माण गर्न र पुराना विमानस्थल फेरि सञ्चालन गर्नतर्फ चासो देखाएको छ ।

नेपालमा धेरै गन्तव्यमा उडान भर्ने एयरलाइन्समा पर्छन् बुध्द र यति एयरलाइन्स । यो समाचारमा यी दुई कम्पनीले कति भाडामा कुन ठाउँ उडान भर्छन् भनेर जानकारी दिन खोजिएको हो । यी दुबै एयरलाइन्स निजी क्षेत्रका हुन् ।

सरकारी लगानीको नेपाल एयरलाइन्स भने निजी क्षेत्रका एयरलाइन्सहरुभन्दा निकै सस्तो छ । सरकारी एयरलाइन्सले मात्रै यात्रु धान्न सक्दैन । जसकारण केही महंगो भाडा तिरेरै भएपनि यात्रुहरु निजी एयरलाइन्सबाट यात्रा गरिरहेका छन् ।

कतिपय अवस्थामा भने यात्रुको चापका कारण निजी क्षेत्रकै एयरलाइन्सका जहाजमा पनि सिजनमा भने टिकट नपाइने समस्या छ ।

बुध्द सस्तो कि यति ?
बुध्द एअरः बुध्ध एअर नियमित रुपमा देशभरका प्रमुख विमानस्थलमा उडान गर्ने गर्छ । पछिल्लो समय यो एअरलाईन्सले काठमाडौं बाहिरका विमानस्थलबाटै अन्य विमानस्थलमा पनि उडान सुरु गरेको छ ।

बुध्द एअरमा काठमाडौंबाट विराटनगरको यात्रा गर्दा १२ हजार ८ सय ४४ रुपैयाँ भाडा तिर्नुपर्छ । काठमाडौंबाट भद्रपुरको यात्रा गर्दा १५ हजार ६ सय १२ रुपैयाँ तिर्नुपर्ने हुन्छ । यदि तपाई काठमाडौंबाट भैरहवा बुद्ध एअरमा यात्रा गर्ने सोचमा हुनुहुन्छ भने १२ हजार ७ सय रुपैयाँ भाडा तिर्नुपर्ने हुन्छ ।

बुध्द एअरमा काठमाडौंबाट धनगडीको यात्रा गर्दा २४ हजार ८सय ३ रुपैयाँ तिर्नुपर्ने हुन्छ । काठमाडौंबाट जनकपुर यात्रा गर्दा १३ हजार ३ सय ९८ रुपैयाँ तिर्नुपर्ने हुन्छ । काठमाडौंबाट नेपालगञ्जको यात्रामा भने १७ हजार १ सय ६३ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

काठमाडौं पोखरा यात्राको लागि १३ हजार ७ सय ३० रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसैगरि काठमाडौंबाट सिमराका यात्रा गर्दा ११ हजार ४ सय ५ रुपैयाँ भाडा तिर्नुपर्छ । बुध्ध एअरमा काठमाडौंबाट सुर्खेतको हवाई यात्रा गर्दा २१ हजार ३८ रुपैयाँ भाडा तिर्नुपर्ने हुन्छ । त्यस्तै काठमाडौंबाट तुम्लिगंटारको यात्रामा १५ हजार ५ सय २ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

यति एअर
नेपाली आकाशमा लामो समयदेखि उडान भरिरहेको यति एअरलाइन्सले विभिन्न ८ वटा विमानस्थलमा नियमित उडान गर्दै आएको छ ।

यति एअरबाट पोखराको यात्रा गर्दा ४ हजार ९ सय ५० रुपैयाँ तिर्नुपर्ने हुन्छ । काठमाडौंबाट भैरहवाको यात्रा गर्दा ६ हजार २ सय रुपैयाँ तिर्नुपने हुन्छ । काठमाडौं विराटनगरको लागि भने ७ हजार ४ सय ५० रुपैयाँ भाडा तिर्नुपर्ने हुन्छ ।

काठमाडौं भद्रपुर यात्रा गर्दा ९ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । काठमाडौं नेपालगञ्जको यात्रा गर्दा ९ हजार ८ सय ५० रुपैयाँ तिर्नुपर्ने हुन्छ । काठमाडौं भरतपुरको यात्राका लागि ३ हजार ६ सय रुपैयाँ भाडा तिर्नुपर्छ ।

यसैगरि काठमाडौँ जनकपुर यात्राको लागि भने ४ हजार ३२ रुपैयाँ तिर्नुपर्ने हुन्छ । काठमाडौ तुम्लिगंटार यात्राको लागि भने ५ हजार ९ सय ५० रुपैयाँ भाडा तिर्नुपर्ने हुन्छ ।

केही समय अगाडी मात्रै नेपाल वायु सेवा प्रदायक संघले इन्धनको मूल्य बृद्धि भएको भन्दै नयाँ भाडादर कायम गरेको थियो ।

यस्तो छ नयाँ कायम भाडादर

काठमाडौं-पोखरा-५ हजार ३०
काठमाडौं-भैरहवा -६ हजार ३ सय
काठमाडौं-विराटनगर-७ हजार ५ सय ७०
काठमाडौं-धनगडी -१२ हजार ८ सय ७०
काठमाडौं-भद्रपुर -९ हजार १ सय ५०
काठमाडौं-नेपालगंञ्ज- १० हजार १५
काठमाडौं-भरतपुर- ३ हजार ६ सय ५५
काठमाडौं-सिमरा- ३ हजार १ सय ७०
काठमाडौं-जनकपुर- ४ हजार २ सय ६५
काठमाडौं-सुर्खेत -८ हजार ६ सय ७५
कामाडौँ-तुम्लिगंटार -६ हजार ४५

माथि उल्लेखित एअरलाईन्सको भाडादर एअरलाईन्सको वेसाईटबाट लिईएको हो । उक्त भाडा दर टिकेट क्लास अनुसार र अमेरीकी डलरको भाउले फरक पर्न सक्छ ।


पुष्प दुलाल