थामिएन पुँजी बजारको पहिरो, नेप्से २५ अंकले घट्यो, ४४ करोडको कारोबार



काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक राताम्य देखिएको छ । नेप्से परिशुचक लगातार एक सातादेखि घटेको हो ।

नेप्से परिसुचक २५.४३ अंकले घटेको छ । सरकारले सेयर बजारमा लगाएको नाफा तथा घाटाको कर दिनु पर्ने बाध्यकारी व्यवस्था फिता लिए पनि नेप्से परिसूचक राताम्य देखिएको हो ।

परिसूचक २.०२ प्रतिशतले घट्दा १२३१.६४ विन्दुमा पुगेको हो ।

आज १ सय ६२ कम्पनीका ११ लाख ७६ हजार ३४ कित्ता सेयर खरिद विक्री भएको छ । समग्र नेप्सेमा ४४ करोड ४३ लाख ९२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैंककिङ समूह १९.२८, होटल समूह ५४.४६, विकास बैंक समूह २२.२४, जलविद्युत समूह २७.२७, वित्त समूह ५.४७, बीमा समूह २१७.२४, उत्पादन मूलक समूह २७.०१, लघुवित्त समूह ४३.९६ र अन्य समूह ९.१३ अंकले घटेका हुन् ।

आज मेगा बैंकले सबैभन्दा धेरै कारोबार गरेको छ । मेगा बैंकले ४ करोड २० लाख रुपैयाँको टर्नओभर गरेको हो ।

उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ९.९४ प्रतिशतले कमाइ गरेका हुन । मिरमिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८.०३ प्रतिशतले गुमाएका हुन् ।


पुष्प दुलाल