श्री आएपछि आन्तरिक उडानमा बुद्ध र यती एयरको बजार हिस्सा घट्यो



काठमाडौं । नेपालको आन्तरिक हवाई क्षेत्रमा सरकारी स्वामित्वको नेपाल एयरलाइन्स सहित निजि हवाई सेवा प्रदायक कम्पनीहरुको प्रतिस्पर्धा बढ्दो छ ।

सेवा प्रदायक कम्पनीहरुले आन्तरिक उडानमा पछिलो समय ठूला जहाजहरु समेत प्रयोग गर्न थालिसकेका छन् । आन्तरिक उडानमा अहिले हेलिकोप्टर कम्पनी सहित २० वटा कम्पनीले सेवा विस्तार गरिरहेका छन् ।

आन्तरिक उडानमा मात्रै ४० भन्दा बढी जहाज प्रयोग भइसकेका छन् । हवाई यात्रु बढेसँगे आन्तरिक वायुसेवा कम्पनीबीच विमान थपेर सेवा विस्तार गर्ने प्रतिस्पर्धा उत्रिएका छन् ।

धमाधम आधुनिक सुविधासम्पन्न ठूला जहाज थप्ने क्रम बढ्दो छ । आन्तरिक उडान निकै प्रतिस्पर्धी बन्न लागेको विमान कम्पनीहरु बताएँछन् । आन्तरिक उडानमा सुरु भएको प्रतिस्पर्धासँगै नयाँ एयरलाइन्सको आगमनले सबै एयरलाइन्स कम्पनीको बजार हिस्सा घटेको छ ।

बजार हिस्सा घटे पनि हवाई यात्र गर्ने यात्रुको संख्यामा भने निरन्तर बढेको छ । आन्तरिक उडानमा देखिएको प्रतिस्पर्धाले यात्रुलाई त फाइदा भएको छ । तर, विमान कम्पनीको नाफामा भने कमी आउन थालेको छ अहिलेको प्रतिस्पर्धालाई हेर्दा कतै आन्तरिक उडानमा ‘फेयर वार’ चल्ने त होइन भन्ने शंका पनि उब्जाएको छ ।

फेयर वारकै कारण कस्मिक, अग्नी र निकोन एयर बन्द पनि हुन पुगेको थिए । फेरि आन्तरिक उडानमा सुरु भएको फेयर वारले साना एयरलाइन्स कम्पनी बन्द हुने त होइन भने प्रश्न खडा भएको छ । आन्तरिक उडानमा एकछत्र राज गर्दै आएको बुद्ध र यति एयरलाइन्सलाई पछिल्लो सयम १७ वर्षसम्म हेलिकोप्टर सेवा प्रदान गर्दै आएका श्री एयरलाइन्सले आन्तरिक उडानमा सुरु गरेसँगै चुनौति थपिएको छ । एयरलाइन्स कम्पनीहरु बीच तीब्रता प्रतिस्पर्धा छ । केही दिन अगाडि मात्रै श्री एयरलाइन्सले धनगढी उडानमा भाडा घटाएपछि बुद्धले पनि विराटनगरको उडानमा भाडा घटाएर प्रतिस्पर्धामा उत्रिएको छ । अहिले विराटनगर उडानमा २५ सयदेखि ३ हजार रुपैयाँसम्म को टिकप पाइन्छ ।

आन्तरिक उडानमा प्रवेश गरेको एक वर्ष पुरा नहुँदै श्री एयरलाइन्सले बुद्ध र यतिको हिसा खोस्न सफल भएको छ । सन् २०१८ को जनवरीदेखि मार्चसम्म आन्तरिक हवाई यात्रा गर्ने यात्रुको संख्या ६ लाख १० हजार ४ सय ८७ छ । जसमा कुनै समय ६० प्रतिशतसम्म बजार हिस्सा आगेटन सफल भएको बुद्ध एयरलाइन्सको हिस्सा समेत घटिसकेको छ । आन्तरिक उडानका पहिलो तीन महिनामा बुद्धले कुल दुई लाख ८० हजार पाँच सय १३ यात्रुलाई सेवा दिएको छ। यो कुल हवाई यात्रुको ४५.९४ प्रतिशत हुन आउँछ ।

यसैगरी दोस्रो बढी यात्रु बोक्न सफल यती एयरलाइन्सलले तीन महिनामा एकलाख ४८ हजारभन्दा बढी यात्रुलाई सेवा दिएको छ । यो संख्या कुल यात्रु संख्याको २४.३१ प्रतिशत हो । यसैगरी एक वर्ष अगाडिबाट मात्रै आन्तरिक उडानमा प्रवेश गरेको श्री एयरलाइन्सले ८३ हजारभन्दा बढी यात्रुलाई सेवा दिँदै तेस्रो स्थानमा ओगट्न सफल भएको छ । श्रीको तीन महिनाममा हवाई यात्रा गर्ने यात्रु हिसामा १३.६३ प्रतिशत रहेको छ । यसैगरी पाँचौ चौथो स्थानमा रहेकको सौर्य यरलाइन्सको बजार हिसा भने ५.७३ प्रतिशत मात्रै छ । सौर्य एयरलाइन्सले तीन महिनामा ३५ हजार ५ जना यात्रुलाई सेवा दिएको छ । यसैगरी पाँचौ स्थानमा रहेको रहेको नेपाल एयरलाइन्सले १८ हजार तीन सय ८१ जना यात्रुलाई सेवा दिएको छ । नेपाल एयरलाइन्सले तीन महिनामा सेवा दिएको यात्रु संख्या कुल यात्रु संख्याको ३ प्रतिशत मात्रै हुन आउँछ । तीन महिनाको अवधिमा पाँच वटा एयरलाइन्सको बजार हिसा ९३.६४ रहेको छ । बाँकी एयरलाइन्स कम्पनीको हिसा ६.३६ मात्र छ ।


क्लिकमान्डु