गाईको मलमुत्र बेचेर करोडपति



भारतमा एक युवाले गाईको मलमुत्रबाट कस्मेटिक सामाग्री उत्पादन व्यवसायमा हात हालेका छन् ।

मुम्बईका ती युवाले गाईको मलमुत्रबाट साबुन, टुथपेष्ट, क्रिम फेसवास जस्ता कस्मेटिक सामाग्री उत्पादन गर्ने गर्छन् ।

काआउप्याथी नाम दिइएको यो कम्पनीले गाईका मलमुत्रबाट उत्पादित सामाग्री बेचरै मनग्गे नाफा आर्जन गर्ने गर्छ ।

उमेश सोनी नामका युवाले यो कम्पनी स्थापना गरेका हुन् । सन् २०१२ मा १० लाख भारतीय रुपैयाँको लगानीमा स्थापना गरिएको यो कम्पनीले अहिले करोडौँ नाफा आर्जन गर्ने गरेको छ ।

कम्पनीका उत्पादन भारत बाहेका अन्य १३ देशमा पनि निर्यात गर्ने गरेको संस्थापक सोनी बताउँछन् । आफ्नै कम्पनी स्थापना गर्नु अगाडी सोनी कस्मेटिक्सका सामाग्री निर्यात गर्नै कम्पनीमा काम गर्थे । यही कम्पनीबाट प्रभावित भएर उनले यो व्यवसाय थालेका बताएका छन् ।


क्लिकमान्डु