BREAKING: अर्थमन्त्री खतिवडाको बजेट १३ खर्ब १५ अर्ब मात्रै !



काठमाडौं । आगामी आर्थिक वर्षका लागि तयार पारिएको बजेट मन्त्रिपरिषदले पारित गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको हो ।

अर्थमन्त्री खतिवडाले मन्त्रिपरिषदको बैठकमा पनि बजेटको प्रष्ट आकार नबताएको एक मन्त्रीले जानकारी दिए । तर, ती मन्त्रीले करिब सवा १३ खर्बको मात्रै बजेट भएको दाबी गरे ।

‘अर्थमन्त्रीजीले बजेटको आकार बारे लटरपटर जवाफ दिनुभयो, उहाँको आशय १३ खर्ब १५ अर्ब रुपैयाँको मात्रै बजेट बनाएको भन्ने थियो,’ ती मन्त्रीले दाबी गर्दै क्लिकमाण्डूसँग भने ।

बजेटमा करिब १० खर्बको राजस्व उठाउने लक्ष्य राखिएको छ ।

धेरैले खतिवडाले १५ देखि १८ खर्ब रुपैयाँको हाराहारीमा बजेट बनाउन लागेको अनुमान गरेका थिए ।


पुष्प दुलाल