टेलिकम कम्पनीमा योगगुरु रामदेवको प्रवेश, मुकेश अम्बानीलाई टक्कर
योग गुरु बनेर चर्चा कमाएका रामदेव बाबा केही वर्ष अगाडी मात्रै दैनिक उपभोग्य वस्तु उत्पादन उद्योगमा छिरेका थिए ।
सुरुवातमा उनले पतन्जली मार्फत आयुर्वेदिक औषधी उत्पादन र विक्री गर्दै आएका थिए । औषधी हुँदै उपभोग्य वस्तु उत्पादनमा छिरेका रामदेव बाबा अब दुर सञ्चार उद्योगमा समेत प्रवेश गरेका छन् ।
रामदेव बाबाको कम्पनी पतन्जलीले आफनै कम्पनीको नामको सिमकार्ड सार्वजनिक गरेको छ । आइतबार उनले हरिद्धारमा पतन्जली सिमकार्ड लन्च गरेका हुन् । पतन्जली सिमकार्डले भारतको सरकारी स्वामित्वको कम्पनी बीएसएनएलसंग सम्झौता समेत गरिसकेको छ ।
पहिलो चरणमा यो सिमकार्ड पतन्जलीका कर्मचारीले मात्रै गर्न पाउने छन् । दोस्रो चरणमा यो सिमकार्ड सर्वसाधारणका लागि खुल्ला गरिने छ । पतन्जली सिमकार्ड प्रयोगकर्ताले पतन्जलीका उत्पादनमा १० प्रतिशत छुट समेत पाउने बताईएको छ ।
पतन्जलीको यो सिमकार्डमा १ सय ४४ रुपैयाँमा भारतभर अनलिमिटेड कल सुविधा, २ जीबी डाटा र १ सय एसएमएस सुविधा प्रदान गरिने बताईएको छ ।
पतन्जलीले आफ्ना सिमकार्ड प्रयोगकर्तालाई साढे दुई लाख रुपैयाँको मेडिकल बीमा र ५ लाख रुपैयाँको जीवन बीमा गरिदिने बताएको छ ।
पतन्तजलीका सिमकार्ड भारतभर रहेका ५ लाख बिएसएनएल काउन्टरबाट खरिद गर्न सकिने बताईएको छ ।
स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने सामान बिक्रीमा राष्ट्रियताको नारा दिने योगगुरुको टेलिकम कम्पनीमा प्रवेशले भारतीय अर्बपति मुकेश अम्बानीको मोबाइल कम्पनीलाई जिओलाई टक्टर दिन सक्ला त्यो भने भविष्यले नै बताउने भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।