नेउवा महासंघको निमित्त महानिर्देशकमा गोपाल तिवारी




काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निमित्त महानिर्देशकमा गोपाल प्रसाद तिवारी नियुक्त भएका छन् । उनलाई जेष्ठ ९ गते नियुक्त गरिएको महासंघले जानकारी दिएको छ ।

सार्वजनिक–निजी क्षेत्र, नेपालस्थित विभिन्न दातृ निकायहरू र संचार क्षेत्रमा लामो अनुभव हासिल गरेका तिवारी पछिल्लो पटक नेपाल सरकारबाट प्रवद्र्धित एवं सार्वजनिक–निजी संवाद प्रतिष्ठानको रूपमा रहेको नेपाल व्यवसाय मन्चमा सल्लाहकार/परामर्शदाताको रूपमा कार्यरत थिए ।

अर्थतन्त्रस“ग प्रत्यक्ष जोडिएका विभिन्न प्रतिष्ठित संघ/संस्थाहरूस“ग आवद्ध तिवारी निजी क्षेत्र, आर्थिक व्यवसायिक विषयवस्तुका साथै समग्र अर्थतन्त्रका जानकार मानिन्छन् । अर्थशास्त्रमा स्नातकोत्तर तिवारी नेपालमा लगानीको वातावरण सुधार सम्बन्धी विषयमा विद्याबारिधी गर्दै छन् ।

तिवारी सन् २०१६ मा नर्वेबाट सोसिएल इन्टरप्रेनियूरशीप एण्ड इनोभेसन म्यानेजमेन्टमा ग्रयाजुएट र सन् २०१४ देखि बीजनेश स्कूल अफ नेदरल्याण्डसमा म्यानेजमेन्ट स्कूलर छन् । साथै उनी नर्वेस्थित फिल डक्टर यान यु सन्डल इन्स्टिच्युटमा इन्डिपेन्डेन्ट साइन्टिफिक रिसर्चर समेत छन् ।

निमित्त महानिर्देशक तिवारीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था मार्फत आर्थिक विषयमा अनुसन्धान पनि गरेका छन् भने उनका विभिन्न अन्तराष्ट्रिय जर्नलमा अनुसन्धानमुलक लेखहरू समेत प्रकाशित भएका छन् । उनका पुस्तक सहित व्यापार, अर्थतन्त्र, निजी क्षेत्र विकास, सामाजिक उद्यमशीलताका विषयमा दर्जनौ लेखरचनाहरू समेत प्रकाशित भएका छन् । तिवारी नेपालको एक मात्र अर्थशास्त्रीहरूको संस्था नेपाल आर्थिक संघका महासचिव समेत छन् ।

विभिन्न अन्तर्राष्ट्रिय सभा, सेमिनार र बैठकहरूमा समेत भाग लिई नेपालको आर्थिक व्यावसायिक विषयमा प्रतिनिधित्व गरिसकेका नवनियुक्त निमित्त महानिर्देशक तिवारीको अनुभवबाट आर्थिक व्यवसायिक क्षेत्रमा निजी क्षेत्रका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्न बल पुग्ने विश्वास महासंघको छ ।


क्लिकमान्डु