८ महिनामा १३ हजार मिटर सडक कालो पत्र



काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा देशभर गरी १३ हजार १ सय ३९ किलो मिटर सडक कालो पत्र भएको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण गत वर्षको सोही अवधिमा भने १२ हजार ८ सय ३ किलोमिटर सडक मात्रै कालो पत्र भएको छ ।

तर, अर्थमन्त्री युवराज खतिवडाले सार्वजनि गरेको आर्थिक सर्वेक्षणमा आर्थिक वर्ष २०७३÷०७४ मा भने २४ सय ३१ किलो मिटर सडक कालोपत्र भएको उल्लेख छ । चालू आवको आठ महिनामै देशभर ६९ सय ५३ किलोमिटर सडक ग्रावेल भएको छ भने ९५ सय ३४ किलोमिटर कच्ची सडक निर्माण भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

यसैगरी चालू आवको आठ महिनामा देशभर २२ वटा पुल निर्माण भएको छन् । तर, पुल निर्माणको संख्यामा भने कमि देखिएको छ । गत आवको आठ महिनामा देशभर ७२ वटा पुल निर्माण भएको थियो । सबैभन्दा बढी सडक निर्माण प्रदेश ३ मा भएको छ ।

देशभर निर्माण भएका सडक मध्ये प्रदेश ३ मा २५ प्रतिशत, प्रदेश १ मा २० प्रतिशत, प्रदेश ४ मा १८.८, प्रदेश ५ मा १४.७ र प्रदेश ७ मा करिब ६ प्रतिशत सडक निर्माण भएको सर्वेक्षणमा उल्लेख छ ।


पुष्प दुलाल