थाह पाउनुहोस स्मार्टफोनका रोचक तथ्य



मोबाईल फोन विश्वभरका मानिसको दैनिकीसँग जोडिएको छ । अहिले मोबाईल फोन गर्नको लागि मात्रै नभई अन्य धेरै कामको लागि प्रयोग हुन्छ ।

तस्वीर खिच्न, सामाजिक संञ्जालमा जोडिन, नक्सा हेर्न, अध्ययन गर्न, व्यापार गर्न पनि मोबाईल फोन प्रयोग हुन्छ । मोबाईल फोनको यही बहुउपयोगीताका कारण यसको प्रयोग दिनानुदिन बढीरहेको छ ।

मोबाईल फोनले मानिसको जीवनलाई थप सरल र सहज मात्रै बनाएको छैन छरितो पनि बनाएको छ ।

सन् २०१८ मा प्रकाशित तथ्यांक अनुसार यही बर्ष भित्र विश्वभर स्मार्टफोनको प्रयोगकर्ताको संख्या करिब ५ अर्ब पुग्ने छ ।
२०१८ मा मात्रै साढे दुई अर्ब नयाँ स्मार्टफोन प्रयोकर्ता थपिनेछन् ।

चीन र भारतमा मात्रै १ अर्ब भन्दा धेरै मोबाईलफोन प्रयोगकर्ता छन् । सन् २०२० सम्म चिन र भारतमा विश्वभरका मोबाईल प्रयोकर्ताको आधा हिस्सा हुनेछ ।

सन् २०१७ को अध्ययन अनुसार हुवाईले संसारकै चर्चित फोन निर्माता कम्पनी एप्पललाई व्यापारमा उछिनेको छ । यस अघि सामसुगंले एप्पलसँग प्रतिस्पर्धा गर्ने गरेको थियो ।

विश्वबजारमा धेरै मात्रामा एन्ड्रोईड अपरेटिगं सिस्टम प्रयोग गरिएका फोन उपलब्ध हुन्छन् । ४.७ देखि ५ इन्च सम्म स्क्रिन साईज भएका फोन धेरै रुचाईने गरिन्छ ।

मोबाईल प्रयोगकर्ताले एक दिनमा औसत ५.७ घण्टा मोबाईलमा खर्चिने गर्छन् ।

२०१७ मा मोबाईल फोनको विज्ञापनको लागि ८ अर्ब अमेरिकी डलर भन्दा बढी रकम खर्च भएको थियो । २०१७ मा १ सय ९७ विलियन मोबाईल एप डाउनलोड गरिएको थियो ।

मोबाईल इन्टरनेटबाट खाद्य तथा पेय पदार्थ र स्वास्थ्यको बारेमा धेरै सर्च गरिन्छ । व्यापारिक प्रयोजनका लागि संसारकै पहिलो स्मार्टफोन १९९२ मा सार्वजनिक गरिएको थियो ।

संसारकै पहिलो मोबाईल फोन सन् १९७३ मा बनेको थियो । १९८३ मा मोटोरोलाले पहिलोपटक व्यापारिक प्रयोजनका लागि मोबाईलफोन सार्वजनिक गरेको थियो ।

पहिलोपटक सार्वजनिक गरिएको मोबाईल फोनको मूल्य ४ हजार अमेरिकी डलर थियो ।

नोकिया ११०० मोडलको फोन संसारमै सार्वधिक विक्री हुने फोनमा पर्छ ।

मोबाईलबाट खिचिएका भिडियो तथा तस्वीर विभिन्न सामाजिक संञ्जालमा अपलोडले वेवट्राफिको २७ प्रतिशत हिस्सा ओगट्छ ।

एउटा स्मार्टफोनमा करिब २५ लाख कम्पनीको प्याटेन्ट अधिकार भएका सामाग्री प्रयोग गरिएका हुन्छन् ।

नोकिया ६६३० मोडलको फोन पहिलो थ्रि जी मोबाईल फोन हो ।


क्लिकमान्डु