सिन्डिकेट छोड्दै ५३ ट्याक्सी कम्पनी मोडलमा आए




काठमाडौं । ५३ वटा ट्याक्सी पञ्जिकरण अन्तगर्त कम्पनी मोडलमा दर्ता भएका छन् ।

सरकारले सार्वजनिक यातायात सुधार गर्नका लागि समिति मार्फत वितरण गर्ने रुट पर्मिट आगामी आर्थिक वर्षदेखि खारेज गर्दैछ । आगामी आर्थिक वर्षदेखि समितिमार्फत सञ्चालनमा रहेका ट्याक्सीहरुको रुट पर्मिट खरेज हुनेछ ।

सरकारको नीति अनुसार रुट पर्मिटको लागि कम्पनी मोडलमा सवारी दर्ता हुनु पर्नेछ ।

यातायात व्यवस्थापक विभागका प्रवक्ता तुलसीराम अरियालले पञ्जिकरण गरेर रुटमा गाडी गुडाउन आउनेको संख्या बढ्ने क्रममा रहेको बताए ।

‘अहिलेसम्म १ सय ६५ वटा कम्पनीलेहरु पञ्जिकरण अन्तर्गत कम्पनीमा दर्ता गरेका छन्, अन्य गाडीहरु नयाँ रुट लिन वा रुट हेरफेर गर्न आउने बेला अनिवार्य पञ्जिकरणमा नगई त्यसको काम अगाडी बढाइदैन, त्यसैले बिस्तारै सबै कम्पनीमा आउछन् नभए गाडी थन्क्याउछन्,’ अर्यालले भने ।

यातायात व्यवस्थापक विभागमा १० हजार ६ सय ट्याक्सी दर्ता भई सञ्चालनमा छन् । ती मध्ये ५३ ट्याक्सी कम्पनीमा दर्ता भएका हुन् ।

२०७४ चैत २५ गतेदेखि सरकारले सञ्जिकरणमा दर्ता भएर आउने सवारी साधनलाई मात्र रुट पर्मिट सहित सञ्चालन अनुमती दिने नीति ल्याएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९३ बमोविम पञ्जिकृत भएका सार्वजनिक यातायात सेवाको प्रमाण पत्रको वहाल अवधिमा हालसम्म ५३ वटा ट्याक्सीहरु दर्ता भएका हुन् ।

यातायात व्यवस्था विभागका अनुसार सोनिग सेवाले ५ वटा ट्याक्सी, नागार्जुन ट्रान्सपोर्ट सर्भिसिङले ४ वटा टुयाक्सी, त्रिभुवन विमानस्थल पर्यटन यातायात चालक तथा व्यवसायी संघले ७ वटा ट्याक्सी, अर्घाखाँची ट्याक्सी व्यवसायी समितिले १० वटा ट्याक्सी र ओखलढुङ्गे शिवपार्वती यातायात सेवा कागेश्वरीले १ ट्याक्सी कम्पनी अन्तर्गत सञ्चालनमा ल्याएको छ ।

यस्तै एआरएस रिकण्डिसनले ५ वटा, मिरर परिवहन सेवाले १, निलम सार्वजनिक यातायात सेवाले १, सन्देश श्रेष्ठ सेवाले १, भर्यथान यातायात सेवा १, बनयानतानुस यातायात सेवा १, बुद्ध ट्याक्सी सेवा १, पवित्रा ट्याक्सी सेवा १, चण्डेश्वरी यातायात १, शेखर सेवा १, सम्रित सार्वजनिक सेवा १, उषा रत्न ट्याक्सी सेवा १, गंगा यातायात सेवा १, दर्शन नमस्ते ट्याक्सी अटो सेन्टर १, अन्नपूर्ण ट्याक्सी सेवा १, अमर ट्याक्सी अटो सेन्टर १, यशोदा ट्याक्सी सेवा १, मुक्तान ट्याकसी सेवा १, मिथिला ट्याक्सी सेवा ३ र सृष्टी यातायात १ गरी ५३ वटा ट्याक्सीहरु दर्ता भएका छन् ।


क्लिकमान्डु