मोटरसाइकल खरिद गर्दै हुनुहुन्छ ? यी हुन् दुई लाखभन्दा कम मूल्यका मोटरसाइकल



काठमाडौं । शहरी क्षेत्रमा बढ्दो ट्राफिक जाम र अस्तव्यस्त सवारी आगमन छल्न कै लागि मोटरसाइकल खरिद गर्नेको संख्या बढ्दो छ ।
सार्वजनिक यातायातको क्षेत्रमा देखिएको समस्याकै कारण मोटरसाइकल प्रयोगकर्ताको संख्या दिनौहुँ बढ्दो छ ।

नेपालमा खरिद हुने सवारीमा मोटरसाइकलको हिसा ८० प्रतिशत भन्दा बढी छ । चालु आबको सात महिनामै एक लाख ७७ हजार भन्दा बढी मोटरसाइकल दर्ता भइसकेको छ ।

नेपाली बजारमा अहिले एक लाख ५० हजार रुपैयाँदेखि ८२ लाख रुपैयाँसम्ममा कारभन्दा मंहगा मोटरसाइकल पाइन्छ । तर, आफ्नो अत्यावश्यक पुरा गर्ने भने मोटरसाइकल प्रयोगकर्ताले सस्तो र बढी माइलेज दिने मोटरसाइकल खरिद गर्दै आएका छन् ।

नेपालमा होण्डा, बजाज, हिरो, टिभिएस, यामाहा लगाएतका मोटरसाइकल कम्पनीले आक्रमक रुपमा आफ्नो बजार बिस्तार गरिरहेका छन् । महंगा र बिलासी भन्दा सस्तो र बढी माइलेज दिने मोटरसाइकल प्रयोग कर्ताको संख्या बढी रहेको मोटरसाइकल विक्रेताहरु बताउँछन् ।

नेपाली बजारमा अहिले दुई लाख भन्दा कम मुल्यका पनि एक दर्जन भन्दा बढी मोटरसाइकल विक्री भइरहेको छन् ।नेपाली बजारमा बजाज कम्पनीका मोटरसाइकलले पनि लोकप्रियता कमाइसकेको छ । नेपाली बजारमा बजाजमा दुई लाख भन्दा कम मूल्य पर्ने मोटरसाइकल तीन वटा मोडलमा पाइन्छ ।

जसमा बजारको डिस्कभर १२५सीसी डिस्कको मुल्य एक लाख ८७ हजार नौ सय रुपैयाँ मात्रै पर्छ । यसैगरी बजाजको डिस्कभर १२५ ड्रम को मुल्यपनि दुई लाख भन्दा कम छ । यसको मुल्य कम्पनीले एक लाख ७८ हजार नौ सय रुपैँयाँ र बजाज प्लाटिना १०० इ÷एसको मुल्य एक लाख ५४ हजार नौ सय रुपैयाँ मात्रै रहेको छ ।
यस्तैगरी नेपाली बजारमा यामाहा सलुटो डिस्क (२ एलपि ८) १२५ सीसीको मोटरसाइकल पनि एक लाख ८८ हजार नौ सय रुपैयाँमा खरिद गर्न सकिन्छ ।

यसैगरी टिभिएस स्ट्राइकरको मुल्य एक लाख ७४ हजार नौ सय, फोनिक्सको मुल्य एक लाख ८५ हजार नौ सय, भिक्टरको एक लाख ६७ हजार नौ यस, स्टारसिटी प्लस ११०सिसिको एक लाख ६२ हजार नौ सय, स्टार स्पोर्ट (डिस्क) को एक लाख ५६ हजार नौ सय र स्टार स्पोर्ट ड्रमको मुल्य एक लाख ७६ हजार नौ सय रुपैयाँ कम्पनी मुल्य तोकिएको छ । यस मुल्यमा ग्राहकले कम्पनीको नियमअनुसार केही छुट समेत पाउनेछन् ।

यसैगरी नेपाली बजारमा महिन्द्रा सेन्टेरो एक्सटी ११० सीसीको एक लाख ५३ हजार नौ सय, सेन्टेरो एनएक्सटी ११० सीसीको एक लाख ५७ हजार नौ सय, सेन्टेरो रकस्टार ११० सीसीको एक लाख ५१ हजार ५ सय , सेन्टेरो डिस्क ब्रेक ११० सीसीको समेत कम्पनीले एक लाख ६३ हजार नौ सय रुपैयाँ मुल्य तय गरेको छ ।

यसैगरी नेपाली बजारमा हिरोका स्पेन्डर प्लस बिएस आइभि १०० सीसीको एक लाख ६३ हजार पाँच सय, स्पेन्डर प्रो १०० सीसी क्षमततको एकलाख ६१ हजार पाँच सय, स्पेन्डर प्रो क्लासिक १०० सीसीको एक लाख ५७ हजार पाँच सय, सुपर स्प्लेन्डर आइ३एस बिएस आइभि १२५ सीसीको एक लाख ८१ हजार रुपैयाँ कम्पनीले मुल्य तय गरेको छ । यसैगरी नेपाली बजारमा सुजुकी हयातेको मुल्य पनि एक लाख ७१ हजार नौ सय र होन्डा सिडी ड्रिम डिलक्सको मुल्य एक लाख ७१ हजार नौ सय रुपैयाँ रहेको छ ।


क्लिकमान्डु