एनआईसी एसिया नयाँ शाखा कल्याणपुरमा



काठमाडौं । एनआईसी एसिया बैंकले सिरहाको कल्याणपुर भोक्राहामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकको ८ औँ शाखा प्रदेश नम्बर– २ का प्रदेश सभा सदस्य सुरेश कुमार मण्डल र कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डलले संयुक्त रुपमा गरे थिए । उक्त शाखारहित बैंकिङ सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा मतिबुल राईलाई नियुक्त समेत गरेको छ ।

नयाँ शाखाबाट स्थानीयले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।

बैंकले हालसम्म देशभर २ सय १६ शाखा कार्यालयहरु, २ सय ३ एटिएम, ७ वटा एक्स्टेन्सन काउन्टर एवं ८ वटा शाखारहित बैंकिङ मार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।

बैंकको वासलात आकार १ सय ५९ अर्ब रुपैयाँ भन्दा बढि पुगेको छ । बैंकको कुल कर्जा करिब १ सय १० अर्ब रुपैयाँ र कुल निक्षेप करिब १ सय ३६ अर्ब रुपैयाँ जानकारी गराएको छ ।


क्लिकमान्डु