मंगलबारदेखि जोशी हाइड्रोको ३ करोड बढीको आइपिओ



काठमाडौँ । वित्तीय अवस्था औसतभन्दा तल रहेको जोशी हाइड्रो पावर कम्पनीले मंगलबारदेखि साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ ।

इक्रा नेपालले गरेको ग्रेडिङ अनुसार ग्रेड ५ पाएको सो कम्पनीलाई नेपाल धितोपत्र बोर्डले समेत साधारण शेयर निष्काशनको अनुमति दिन असाध्यै गाह्रो मानेको थियो ।

तर सो कम्पनीको मंगलबारदेखि आयोजना प्रभावित क्षेत्रका जनतालाई शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ३ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको ३ लाख ७१ हजार ४०० कित्ता आईपिओ निष्कासन गर्न लागेको छ ।

आईपीओ बिक्री बन्द छिटोमा जेठ २२ र ढिलोमा असार ११ गतेसम्म हुने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।

पहिलो चरणमा इलामको इलाम नगरपालिका, साखेजुङ, पुवामजुवा, र माईपोखरीका बासिन्दाले आईपीओका लागि आवेदन दिन सक्नेछन् ।

स्थानीयले न्युनतम ५० देखि अधिकतम १ हजार ८०० कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था गरिएको थियो ।

आयोजना प्रभावितलाई सकेपछि सर्वसाधारणलाई आईपीओ निष्कासन हुने कम्पनीले जानकारी दिएको छ ।


पुष्प दुलाल