ट्याक्सीको बद्मासी विरुद्ध पनि सरकार आक्रामक, प्रिन्ट मिटर जडान नगर्ने १७ ट्याक्सी समातियो




काठमाडौँ । ट्राफिक प्रहरीले प्रिन्ट मिटर जडान नगरेका ट्याक्सी नियन्त्रणमा लिएको छ । उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले १७ वटा ट्याक्सी नियन्त्रणमा लिएको हो ।

ट्राफिक प्रहरीको नियमित चेकजाँचका क्रममा प्रिन्ट मिटर जडान नगरेका ट्याक्सीलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । नियन्त्रणमा लिएका ट्याक्सीलाई आवश्यक कार्बाहिको लागि नापतौल तथा गुणस्तर विभाग पठाईएको प्रहरीले बताएको छ ।

गुणस्तर तथा नापतौल विभागले २०७३ पौष १७ गतेदेखि ट्याक्सीमा प्रिन्ट मिटर अनिवार्य गरेको थियो । प्रिन्ट मिटर अनिवार्य गरिएको भए पनि ट्याक्सी चालकले बिल प्रिन्ट नगरेको आरोप यात्रीको छ । ट्राफिक प्रहरी महाशाखाले बिल प्रिन्ट गर्न नमान्ने चालकलाई पनि कार्बाहि गर्ने बताएको छ ।


क्लिकमान्डु