ट्याक्सीमा यात्रा गर्दै हुनुहुन्छ ? भाडा कति लाग्छ यसरी थाहा पाउनुहोस्



काठमाडौं । उपत्यका लगायत देशभरका शहरी क्षेत्रमा ट्याक्सी चालकले यात्रुसँग मनपरी भाडा असुली गरिरहेका छन् ।

ट्याक्सीमा यात्रा गर्ने यात्रु सचेत भएको अवस्थामा  ट्याक्सी चालकको मनपरी र ठगीमा केही नियन्ण आउन सक्छ ।

ट्याक्सी चालकले यात्रुसँग मिटरमा जानुको सट्टा मनपरी भाडा तोकेर जाने गर्छन् । कतिपय यात्रु पनि मिटरमा जानुको सट्टा ट्याक्सी चालकसँग कतिमा जाने भनेर पहिलै नै रकम सोध्छन् । यात्रुलाई मिटरमा जाँदा कति भाडा लाग्छ, भने जानकारी नहुँदा पनि ट्याक्सी चालकको मनपरी चलेको हो ।

सरकारले ट्याक्सी चालकको ठगी रोक्न भन्दै २०७३ पुसदेखि ट्याक्सीमा बिलिङ मिटर जहडान सुरु गरेको थियो । सरकारी नियम अनुसार सबै ट्याक्सीले बिलिङ मिटर जडान गरे पनि सोही अनुसार यात्रुसँग भाडा भने लिने गरेका छैनन् ।

यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले मिटरमा नजाने ट्याक्सीलाई दैनिक जस्तो कारबाही गरेपनि ट्याक्सी चालकले मनपरी भाडा असुल्न छोडेका छैनन् । सरकारी ऐन कानुनमै जरिवाना रकम अति नै न्यून भएका कारण ट्याक्सी चालकले जरिवाना तिर्दै यात्रुसँग मनपरी भाडा लिइरहेका छन् ।

मिटरमा जान नमाने र बढी भाडा असुली गर्ने ट्क्यासीको नम्बर नोट गरेर यात्रुले ट्राफिक प्रहरी तथा यातायात व्यवस्था विभागमा उजुरी गरेको अवस्थामा पनि उनीहरु कारबाहीमा पर्छन् । तर, यात्रु नै सचेत नहुँदा  ठगी बढिरहेको छ ।
सरकारले ट्याक्सीमा यात्रा गर्दा तिर्नुपर्ने भाडा पनि तय गरेको छ । तर, आम यात्रुलाई त्यसको बारेका जानकारी नभएको पनि हुनसक्छ ।

ट्याक्सीमा यात्रा गर्दा सबैभन्दा पहिले ट्याक्सीको मिटरमा कति रुपैयाँ देखिएको छ हेर्नुपर्छ । ट्याक्सीको भाडा दर १४ रुपैयाँबाट सुरुभएको नभएको थाहा पाउनपर्छ ।
१४ रुपैयाँबाट सुरु भएको भाडामा प्रति २ सय मिटरमा ७ रुपैयाँ २० पैसाको दरले मिटरमा रकम बढ्दै गएको हुन्छ । एक किलोमिटर यात्रा गर्दा ट्याक्सीमा ५० रुपैयाँ पुगेको हुन्छ । एक किलोमिटरको ट्याक्सी भाडा सरकारले ३६ रुपैयाँ तोकेको छ ।

पहिलो पटक १४ रुपैयाँ देखिएको ट्याक्सीमा प्रतिकिलो मिटर ३६ रुपैयाँ थपिदै जान्छ । केही ट्याक्सी चालकले मिटरमा बढी रकम उठाएपनि यात्रुले यात्रा गरेको किलोमिटर हेरेर प्रतिकिलो मिटर ३६ रुपैयाँकाख दरले त्यसमा १४ रुपैयाँ थपेर भाडा दिनुपर्छ । यसैगरी रातीको समयमा भने प्रतिकिलो मिटर ५४ रुपैयाँ भाडा तय भएको छ । रातीको समय भन्नाले बेलुका ९ बजेबाट विहान पाँच बजेसम्मलाई सम्झनु पर्छ ।


क्लिकमान्डु