दुःख दिए पनि मोदीको विकल्प किन खोज्दैनन् भारतीय ब्यापारी ?



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भातीय व्यापारीमाझ लोकप्रिय मानिन्छन् । गुजरातमा मुख्यमन्त्री पदमा रहँदा उनी व्यापारीका प्रिय थिए । मोदी प्रधानमन्त्री बन्ने निश्चित भएपछि भारतका ठूला तथा साना व्यापारीले उनलाई निर्वाचनमा विजयी गराउन ठूलो योगदा गरेका थिए ।

मोदी प्रधानमन्त्री बनेसँगै देशको आर्थिक नीति व्यवासयीको हित अनुकुल निर्माण गरिनेमा व्यापरी वर्ग विश्वस्त थिए । तर मोदी सरकारमा आएपछि श्रम, कानून तथा करमा केही परिवर्तन र कडाइ गर्ने बाहेक अर्को काम उनले गरेनन् । मोदी सरकारले व्यापारीको अपेक्षा अनुकुल काम गर्न सकेन ।

मोदीको संसदीय क्षेत्रमा कपडा व्यापार गर्ने व्यापारी मनिष अग्रवाल भन्छन्- ‘मोदीको आवागमनसँगै कारोबारको अवस्थामा सुधार भयो । तर यो लामो समय टिक्न सकेन ।’

मोदी सरकारले भारतमा ५ सय र १ हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाएपछि कारोबारमा ठूलो मात्रामा गिरावट आएको व्यापारी बताउँछन् ।

तर यसको विपरित नोटमा प्रतिबन्ध लगाउँदा सुन, चाँदी व्यवसाय भने अनपेक्षित रुपमा बढेको थियो । भारतका व्यापारी मात्रै होइन सामान्य नागरिकलाई पनि नोटमाथि प्रतिबन्ध लगाउँदा निकै मार परेको थियो ।

नोटमाथि लगाईएको प्रतिबन्धको मारबाट उठ्न नपाउँदै मोदी सरकारले जिएसटी लागु गर्यो । जिएसटी लागु भएको एक वर्ष पुगिसक्यो । तर यससँग जोडिएका झण्झटीलो कानूनी व्यवस्थाका कारण साना तथा मझौला व्यपारी भने मारमा परेको बताइन्छ ।

भारतीय व्यापारीक समुदायमा नोट प्रतिबन्ध र जिएसटीलाई लिएर निकै आक्रोश समेत रहेको छ । सरकारले गरेका यी दुई निर्णयले मोदी सरकारप्रति व्यापारी आक्रोशित भएका छन् । सरकारका यी निर्णयका कारण व्यापारमा पनि गिरावट आएको व्यापारीले बताउँदै आएका छन् ।

गुजरातको सुरतमा कपडा व्यापार गरिरहेका व्यपारी रमेश शुक्लाले जिएसटीको झण्झटीलो व्यवस्थाका कारण कपडा उत्पादन नै बन्द गर्नुपरेको सुनाए । गुजरातमा भएको निर्वाचनपछि भने केन्द्र सरकारले जिएसटीका जटिल प्रक्रियालाई केही सहज बनाएको ।

यसका अलवा भारतीय कर कर्मचारीले मोदी सरकारको आगमनसँगै साना तथा मझौला व्यापारीमाथी थप निगरानी र कडाइ गरेको आरोप पनि लाग्ने गरेको छ । महाराष्ट्र तथा दिल्लीमा कर अधिकारीले व्यपारीलाई निकै दुःख दिएको अरोप लाग्ने गरेको छ ।

यसका वावजुद पनि भारतीय व्यापरी समुदाय अहिले नै मोदी सरकारको विकल्प खोज्ने अवस्थामा भने नपुगेको बताईन्छ । व्यापारीहरु केही झण्झटका वाजुद पनि मोदी सरकारले समग्र अर्थतन्त्रको भविष्य राम्रो बनाउने प्रयास गरेकोमा खुसी छन् । एजेन्सीको सहयोगमा


पुष्प दुलाल