किन यति लोकप्रिय छ जिप रेंगलर ? यस्तो छ यसको इतिहास र विरासत



जिप संसारकै लोकप्रिय कार निर्मातामध्ये पर्छ । जिपका फ्यानहरु गुणस्तर, ‘गुड भ्यालु फर मनी’, क्लासिक लुक र अफरोड क्षमताका कारण रुचाउँछन् । जिप ‘अमेरिकन आइकन’ हो ।

जिपका भेरियन्टमध्ये अझ रेंगलरको स्वरुप दोस्रो विश्वयुद्धमा प्रयोग भएका ‘एमए’ र ‘एमबी’ मोडेलका सैन्य गाडीबाट प्रभावित छ । यो संसारमै सबैभन्दा बढी परिचित गाडी पनि हो । अफरोडमा गुडिरहने उच्च ग्राउन्ड क्लेरेन्स भएका जुनसुकै ब्रान्डका गाडीलाई ‘जिप’ नै भन्ने गरिन्छ । यसले नै जिप ब्रान्डको लोकप्रियतालाई झल्काउँछ ।

जिप रेंगलरको ‘लोयालिटी’ उच्च र फ्यान संख्या तीव्र रुपमा बढ्दो छ । जिप रेंगलरको पहिलो पुस्ता निर्माण भएको दशकौं भइसकेको छ । र, यसको लोकप्रियताकै कारणले जिपले भर्खरै मात्र यसको तेस्रो पुस्ता विश्व बजारमा ल्याएको छ । यसका फिचर र क्षमताकै कारणले कारप्रेमीमाझ यो लोकप्रिय छ । कारण चाहिँ अद्वितीय एक्सटेरियर, सबैखाले भौगोलिक बनोटमा मिल्ने फुर्तिलोपन, अगाडिको ठूलो बम्पर र उच्च ग्राउन्ड क्लेरेन्स आदि ।

केहीले अन–रोडमा नमिल्ने र आरामदायी नभएको भने पनि रेंगलरको विक्री तीव्र रुपमा अकासिरहेको बजार तथ्यांकले देखाउँछ । उसो भए जिप रेंगलर किन यति धेरै लोकप्रिय भइरहेको छ त ? यसका खास केही कारणहरु छन् ।

अनुपम अफ–रोड क्षमता
जब हामी रेंगलरको गुणको कुरा गर्छौं, तब जस्तोसुकै सतह वा भुबनोटमा सजिलैसँग गुड्न सक्ने अद्वितीय क्षमताबाट सुरु गर्छौं । एक कुशल ड्राइभरका हातमा रेंगलरले त्यस्ता पहाड पनि सजिलै पार लगाउनेछन्, जसलाई अन्य ब्रान्डका चालकले आँट्दैनन् । जिप फोर–ह्विल ड्राइभ हो र यसको ग्राउन्ड क्लेरेन्स उच्च छ । ह्विल बेस छोटो छ, फ्रन्ट पनि छोटै छ । यो बलियो छ र यसलाई सजिलैसँग मोडिफाइ गर्न सकिन्छ ।

रेंगलरलाई अन–रोड ड्राइभिङका लागि पनि थुप्रै सुधार गरिएको छ । कठोर इन्जिन, बलियो फ्रन्ट र रियर एक्सल, सस्पेन्सन र फोर ह्विल ड्राइभका कारण जिपले विज्ञापन गरेझैं रेंगलर ‘गो एनीह्वेयर, डु एनिथिङ’ भेहिकल बनेको छ ।

बेजोड स्टाइल अनि डिजाइन
जिप रेंगलरको डिजाइन ‘आइकनिक’ छ । पछिल्लो पुस्ताका रेंगलरहरुले पनि ‘रग्डनेस’लाई कायमै राखेको छ । जिप रेंगलर त्यस्ता सीमित सवारीमध्ये पर्छ जसको पारम्परिक लुक्स र डिजाइन दशकौंसम्म उस्तै कायम राखिएको छ । ठूलो बम्पर, आइकनिक ग्रिल र ठूल्ठूला टायर, यस्तो स्टाइल जिप रेंगलरबाहेक अरु कुनै गाडीमा नभएको यसका निर्माताको दाबी छ ।

सैन्यजडबाट आएको ‘डिएनए’को झल्को अझै पनि जिपमा देखिन्छ । ७७ वर्ष भइसकेको छ पहिलो जिप निर्माण भएको । तर अझै पनि जिपमा गोला हेडलाइटको बीचमा सात वटा ग्रिल देखिन्छ । जिप भन्ने बित्तिकै मानिसहरु फोल्ड गर्न मिल्ने विन्डशिल्ड, निकाल्न मिल्ने डोर, पछाडि झुन्ड्याइएको स्पेयर टायर, कन्भर्टिबल टप आदि कल्पना गरिसक्छन् । रेंगलरको यो डिजाइन बजारमा अद्वितीय छ ।

सैन्यजडबाट आएको ‘डिएनए’को झल्को अझै पनि जिपमा देखिन्छ । ७७ वर्ष भइसकेको छ पहिलो जिप निर्माण भएको । तर अझै पनि जिपमा गोला हेडलाइटको बीचमा सात वटा ग्रिल देखिन्छ । जिप भन्ने बित्तिकै मानिसहरु फोल्ड गर्न मिल्ने विन्डशिल्ड, निकाल्न मिल्ने डोर, पछाडि झुन्ड्याइएको स्पेयर टायर, कन्भर्टिबल टप आदि कल्पना गरिसक्छन् । रेंगलरको यो डिजाइन बजारमा अद्वितीय छ ।

अहिलेको जिप आरामदायी फिचरले पूर्ण हुन्छन् । पावर विन्डो, डोर लक, एयर कन्डिसनिङ, कार्पेटिङ, हिटेड लेडर आदि सुविधा पाइन्छ । नागरिक रेंगलर नागरिककै लागि बनेको छ । आजभोलि मानिसहरु रेंगलरलाई विना संकोच दैनिक आवागमनका लागि प्रयोग गर्छन् ।

विकल्पको चाङ
जिप रेंगलरका मालिकले इन्टेरियर वा एक्टेरियर अपग्रेड गर्न चाहेमा थुप्रै विकल्पहरु छन् । तपाईं हार्ड–टप वा सफ्ट–टप रुफ छान्न सक्नुहुन्छ । तपाईं हाल्फ–मेटल रिमुभेबल वा फुल–फ्रेम मेटल डोर लगाउन सक्नु हुन्छ । रेंगलर विक्रेताका लागि जिपसँग अनगिन्ती विकल्प छन् । रक रेल, विन्च, बम्पर, डिफेरेन्सियल गार्ड आदि । यो सबैले जिपलाई बजारमा उपलब्ध गाडीमध्ये सबैभन्दा बढी ‘कस्टमाइज’ गर्न सकिने गाडी बनाएको छ ।

अमेरिकी इतिहाससँगको सम्बन्ध
जिप रेंगलरको अपिल किन पनि छ भने यसको जन्म अमेरिकामा भएको थियो । र, दोस्रो विश्वयुद्धमा अमेरिकी सेनालाई यस्तोखाले सवारी आवश्यक परेर नै जिपको डिजाइन गरिएको थियो । सन् १९४० को दशकमा अमेरिकी सेनाले अमेरिकन बान्टमको जिपको डिजाइनलाई मन पराए पनि उसको मागलाई पूर्ति गर्ने क्षमता बान्टमसँग थिएन । त्यसैले, यसको जिम्मा पायो विलिस ओभरल्यान्डले । विलिसले नै जिपको पहिलो गाडी विलिस एमबी बनाएको थियो, जसलाई अमेरिकी सेना र गठबन्धनले युद्धमा भरपुर उपयोग गरेको थियो ।

युद्धमा हतियार ओसार्नेदेखि लिएर सैन्य जवान र घाइतेलाई सार्न पनि जिपले भूमिका खेलेको थियो । त्यसबेला जिपको नाम ‘एमबी’ थियो । जिपले आफ्नो नाम कसरी पायो भन्नेमा विभिन्न बहस भएका छन् । सेनाले सामान्य प्रयोजन अर्थात ‘जेनेरल पर्पस’का लागि प्रयोग गर्ने गाडी भएका कारण त्यसको छोटो रुप ‘जिपी’बाट नै ‘जिप’ बनेको हो भन्नेहरु छन् । तर उसले नाम जहाँसुकैबाट पाए पनि यो नाम अहिले एसयुभीको पर्यायवाची जस्तै बनेको छ ।

दोस्रो विश्वयुद्धपछि अमेरिकी सरकारले बढी भएका जिपको लिलामी ग¥यो । युद्ध लडेका धेरै सैनिकले यी गाडी किने । किनभने यो सस्तो र भरपर्दो यातायातको माध्यम थियो । विलिस ओभरल्यान्डले सन् १९४५ देखि ४९ को बीचमा जिप सीजे–२ए बनायो, जुन एमबीको नागरिक अवतार थियो । त्यसपछि जिप सीजे–३ए बन्यो, जसलाई ‘द फादर अफ रिक्रिएसनल भेहिकल्स’ भनिन्छ ।

पछि सन् १९७० मा अमेरिकन मोटर्स कम्पनी (एएमसी) ले जिपको उत्पादन अधिकार किन्यो । र, सन् १९८७ मा जिप रेंगलरको जन्म भयो । त्यसको एक वर्षपछि क्रिस्लरले जिपको स्वामित्व लियो । र, सन् १९९६ बाट रेंगलरको उत्पादन थाल्यो । अहिले भने जिपको स्वामित्व फियाट् क्रिस्लर अटोमोबाइलसँग छ ।

निकै थोरै गाडीसँग मात्र आफ्नो पुर्खासँग यस्तो ‘डाइरेक्ट लाइन’ र विरासत हुन्छ । सामान्य कारका पारखीले पनि जिप रेंगलरको क्षमता र डिजाइनबाट परिचित हुन्छन् । र, यसकै कारणले पनि रेंगलर लोकप्रिय बनेको हो । एजेन्सीहरुको सहयोगमा


क्लिकमान्डु