रिसाएका उर्जामन्त्री पुनसँग प्रधानमन्त्री ओलीले माफी मागे



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्याश गरियो ।

शिलान्याशका विषयमा तालुकादर मन्त्रालयका कुनै पनि अधिकारीलाई जानकारी दिइएन । लगानी बोर्डले संयोजन गरेको उक्त आयोजनाको विद्युत् उत्पादन सम्बन्धी अनुमतिपत्र समेत अवैधानिक रुपमा दिइयो ।

नेपालको ऊर्जा क्षेत्रको सम्पूर्ण काम गर्ने जिम्मा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको हो । तर ऊर्जा मन्त्रालयको कार्यक्षेत्रलाई बाइपास गरी लगानी बोर्डले विद्युत् उत्पादन अनुमतिपत्र जारी गर्यो ।

लगानी बोर्डले शिलान्याश समारोहमा मन्त्री वर्षमान पुन अनन्तलाई बोलाउन आवश्यक ठानेन । लगानी बोर्डको संरचनाअनुसार ऊर्जा मन्त्री बोर्डको पदेन सदस्य मात्रै रहन्छन् ।

तालुकदार मन्त्रालयलाई नै जानकारी नदिई होटल द्वारिकामा अरुण तेस्रोको शिलान्याश गरियो । पत्रकार तथा भारतीय अधिकारीले समेत मन्त्रालयको अधिकारीको बारेमा चासो राखे । मन्त्री किन उपस्थित भएनन् भनेर कानेखुसी समेत चल्यो ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्याश गरेको अरुण तेस्रो आयोजनामा ऊर्जा मन्त्री वर्षमान पुनः उपस्थित नभएका विषयमा चर्चामा मात्रै सिमित भएन । किन त्यस्तो भयो भन्ने बारेमा चर्कै चासो समेत भयो ।

ऊर्जामन्त्री पुनले चर्कै असन्तुष्टि व्यक्त गरे ।

भएको के रहेछ भने प्रधानमन्त्री ओली आफैंले नै ऊर्जा मन्त्री पुन मात्रै नभई द्विपक्षीय बैठकमा गहृमन्त्री बाहेक अरु माओवादी केन्द्रका मन्त्रीलाई नबोलाएका रहेछन् ।

प्रधानमन्त्रीले पुनलाई भने- ‘अनन्तजी गल्ती भएको हो । शिलान्याश समारोहमा नबोलाइएकोमा मलाई पनि दुःख छ । लगानी बोर्डले व्यवस्थापन गर्नुपर्नेमा बोर्ड चुक्यो, त्यसका तर्फबाट म माफी माग्छु । अब त्यस्तो हुँदैन ।’

प्रधानमन्त्रीको कार्यशैलीप्रति आपत्ति जनाउँदै पार्टी एकता प्रक्रियामा रहेको दल माओवादी केन्द्रलाई बाइपास गरेको विषयले एकता प्रक्रिया धरापमा परेको टिप्प्णी सुरु भयो ।

प्रधानमन्त्रीले गलत गरेको भन्दै उनकै पार्टी एमालेभित्र पनि विरोध शुरु भयो । प्रधानमन्त्री ओली आफ्ना विश्वासपात्रलाई मात्र काखी चेपेको र सहकार्यको व्यवहार नदेखाएको भन्दै एमालेको माधव नेपाल समूह र माओवादी केन्द्र नै असन्तुष्ट बने ।

चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री ओलीले मंगलबार ऊर्जा मन्त्री वर्षमान पुनलाई बोलाए । ऊर्जा मन्त्री पुन प्रधानमन्त्रीसँग छलफलमा जाने कि नजाने भन्ने दोधारमा नै थिए । तर प्रधानमन्त्रीले बोलाइहाले जानु पर्छ भन्दै उनलाई लाग्यो ।

अरुण तेस्रोको शिलान्याश समारोह र ऊर्जाको कार्यक्षेत्र मिचिएको विषयमा ऊर्जा मन्त्री पुनले आपत्ति जनाए । उनले यस्तै भए सहकार्य र एकता प्रक्रिया समेत धारापमा पर्ने प्रधानमन्त्रीलाई चेतावनी दिए ।

नेता पुनः माओवादीभित्रका प्रभावशाली नेता मात्रै होइनन्, महत्वपूर्ण निर्णयमा प्रभाव पार्न सक्ने नेता रहेको जानकारी पाएका प्रधानमन्त्रीले पुनलाई भने- ‘अनन्तजी गल्ती भएको हो । शिलान्याश समारोहमा नबोलाइएकोमा मलाई पनि दुःख छ । लगानी बोर्डले व्यवस्थापन गर्नुपर्नेमा बोर्ड चुक्यो, त्यसका तर्फबाट म माफी माग्छु । अब त्यस्तो हुँदैन ।’

‘प्रधानमन्त्रीले ऊर्जा मन्त्रालयको कार्यक्षेत्र खोस्ने भन्ने हुन्न, शलिान्याश समारोहमा तालुकदार मन्त्रालयको मन्त्री नहुने कुरा नै गलत भयो । मैले समारोहमा पनि खोजेको हो, मलाई जानकारी दिइएन, गल्ती भएको छ, मेरो तर्फबाट सरी भन्नुभयो,’ पुनले सुनाए ।


पुष्प दुलाल