रैराङ हाइड्रोपावरको साढे ८ लाख कित्ता साधारण सेयरको बिक्री खुल्यो



पाँचथर । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि शेयर निष्कासन गरेको छ ।

सर्वसाधारणका लागि ८ लाख ४० हजार कित्ता शेयर निष्कासन गरिएको कम्पनीका प्रमुख कुवेरमणि नेपालले जानकारी दिनुभयो । शेयर वैशाख ३१ देखि जेठ ३ गतेसम्मका लागि खुल्ला गरिएको हो ।

सी आश्वामा आबद्ध बैंक तथा वित्तीय संस्थामार्फत यस कम्पनीको न्यूनतम ५० कित्ता तथा अधिकतम चार हजार २०० कित्ता शेयरका लागि निवेदन दिन सकिने उनले बताए ।

डी म्याट खाता नभएका नागरिकले आफ्नो पायक पर्ने बैंक तथा वित्तीय संस्थामा डी म्याट खाता खोली सी आश्वामार्फत निवेदन दिन सकिने कम्पनीले जनाएको छ ।


पुष्प दुलाल